
पोखरा, जेठ ८।
माधब पनेरु ।
स्थानिय तहको पहिलो चरणको र्निबाचन चलिरहेको अबस्थामा पोखरामा चोरीका घटना बढेका छन ।
सुरक्षा निकायलाई र्निबाचन सुरक्षाकै लागि परिचालन गर्नुपर्ने अबस्थाका कारण अन्य स्थानहरुमा प्रहरीको ध्यान कम जाने भएका कारण चोरहरुले यो मौका छोपेर चोरी गरिएको हुन सक्ने आशंका गरिएको छ । प्रहरी सक्रियता र्निबाचन सम्पन्न गराउनको लागि नै भएका कारण अन्य स्थानहरुमा कम ध्यान गएपनि निरन्तर गस्ती गरिरहको प्रहरीको दावि छ ।
पोखराको वडा नं १७ मा रहेको रामनगर टोल बिकास सस्था पिपलतरा मार्गमा दुई दिनको बिचमा दुइै घरमा चोरी भएको छ । स्थानिय केशबराज तिवारीको घरमा दिउसै घर फोडेर ३ तोला सुन, ५० हजार नगद लगेको बताईएको छ । दिउसो घरमा कोही नभएको बेला ढोका फुटाएर कोठामा रहेको दराज समेत तोडेर सुन र रकम लगेको तिवारीले बताए । मध्ये दिउसो बस्तीको बिचमा रहेको घर फुटाएर चोरी हुनु र हालसम्म पनि चारी कसले गर्यो भन्ने बिषयमा जानकारी पाउन नसक्नुमा आफुलाई आश्चर्य लागेको पिडित तिवारीले बताए ।
त्यसैगरी उक्त स्थानमा रहेको उमा गुरुङ्गको घरमा पनि चोरी भएको छ । घरमा रहेको ८ तोला सुन र २५ हजार नगद चोरी भएको त्यहाँका स्थानिय समाजसेवी ओम पौडेलले जानकारी दिए । केशब तिवारी र उमा गुरुङ्गको घरमा दुई दिनको फरकमा चोरी भएको हो । दिउसै चोरी गर्न सक्ने गिरोह सक्रिय रहेको पौडेलले बताए । जनताको सम्पती र जिउको संरक्षण गर्ने राज्यको दायित्व जुनसुकै बेलामा पनि रहने भएकाले र्निबाचनको खोलमा सुरक्षा कमजोर भएको अनुभुती नगराउन उनले सरक्षा निकायलाई आग्रह गरे ।
पोखराका अन्य स्थानहरुमा पनि छिटपुट चोरीका घटना भएको प्रहरीले जनाएको छ ।
