सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनमा ‘उत्कृष्ट आठ छनौट, सम्राट गायक बाहिरिए

Share:

पोखरा, १५ साउन । पाँचौ सस्करण्को सामसुङ्ग ग्यालेक्सी ग्राण्ड नियो बिग आइकनमा उत्कृष्ट ८ छनौट भएका छन । यस अघि उत्कृष्ट नौ मा परेका सम्राट गाएक बाहिरिएपछि उत्कृष्ट ८ छनौट भएका हुन । उत्कृष्ट आठमा परेका जेनिता राई, अनिल बिक, ल्हामो डोल्कर, राम लिम्बु, सन्दिप ढुंगाना, सरिता अधिकारी, दीपेश भट्टचन र कुन्साङ गुरुङ उत्कृष्ट बन्ने दाउमा छन् ।

उनीहरुले उत्कृष्ट सातमा छानीनको लागि बिहिबार आफ्नो प्रस्तुती दिएका छन् भने प्रतियोगिताको गायन प्रस्तुती मूल्यांकन गरी आफुलाई मन परेका प्रतियोगीलाई भोट गर्न सकिनेछ । विग एफ एमको आयोजनामा भएको पाँचौ सँस्करणको विग आईकनको ग्राण्ड ईभेन्टमा अहिलेसम्म १२ वटा चरण पुरा भैसकेको छ । १९ चरणसम्म सबैलाई पछाडि पार्ने एक जनाले मात्रै विग आईकनको उपाधी चुम्नेछन् ।

साँगीतिक रियालिटि शो विग आईकनको निर्णायकहरुमा संगीतकर्मीद्वय श्यामसुङ तामाङ र सुनील थापा रहेका छन् । विहिबारको प्रस्तुतिमा साहित्यकार राजेन्द्र चापागाईं आहत पाहुना निर्णायक रहेका थिए ।  उत्कृष्ट १० सम्मको अडिसनमा शत प्रतिशत निर्णायकहरुको भरमा रहेको शो मा अब प्रतिस्पर्धीलाई अगाडि बढाउन स्रोताहरुको एसएमएस भोटिङ पनि उत्तिकै जरुरी रहेको एफएमले जनाएको छ ।

10513248_656333854460989_7279260647192559754_n

एफएमले दिएको जानकारी अनुसार उत्कृष्ट १० पश्चात प्रतिस्पर्धीलाई अगाडि बढाउनमा ६० प्रतिशत अधिकार निर्णायकको रहनेछ भने ४० प्रतिशत स्रोताको एसएमएस भोटको हुनेछ । बिग आईकनको उपाधी जित्नेले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटरका साथै द ब्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक टुरको मौका पाउनेछन् । यस्तै, दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

यसैबिच साँगीतिक रियालिटि शो विग आईकनमा हरेक पटक फिल्मी सेलिब्रिटीलाई प्रमुख अतिथि बनाउँदै आएको पोखराको विग एफएमले यो पटक मह जोडीलाई पोखरा ल्याउने भएको छ । भदौ सात गते पोखरा सभागृहमा हुने पाँचौ सँस्करणको विग आईकनमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी प्रमुख अतिथि हुनेछन् ।

कमेन्ट गर्नुहोस्
Share: