
पोखरा, जेष्ठ १७, माधब पनेरु
समाज सधार्न या राज्यको उपल्लो निकायमा बसेर नितिगत र्निणय संगै कार्यान्वयनको समेत अबसर पाउने उपयुक्त बाटो नै राजनिति हो । संसारको उत्कृष्ट निति मानिएको राजनितिको बिकल्प अहिले सम्म देखिएको छैन ।
तर नेपालमा राजनितिलाई सदुपयोग भन्दा दुरुपयोग गर्ने गरिन्छ । कुनै राजनितिक दलमा लागेकै कारण अर्थात नेता भएकै कारण सबै अपराध उन्मुक्त हुने र जे गरे पनि बैधानिक हुने नेपाली परिपाटीले समाजमा दण्डहिनता फैलाएको छ । आफ्नो पार्टीको कार्यकर्ता भएकै कारण अक्षम अपराध पनि लुकाउने र शक्तिको भरमा प्रसासनलाई समेत गलत प्रेसर दिने काम हुने गर्छ ।
यसरी नै महिला हिंसा वा बलात्कार जस्तो घटनामा पनि पटक पटक उन्मुक्ति पाउने एमालेका बिद्यार्थि नेता अशोक पौडेल फेरी एक बालिका संगको गलत कृयाकलापका कारण प्रहरी हिरासतमा परेका छन । पर्वत घर भई पोखरामा बस्दै आएका पौडेल एमाले निकट अनेरास्वबियुको अञ्चल कमिटिका सदस्य हुन । उनि हाल सम्म करिव आधा दर्जन घटनामा प्रहरीको नियन्त्रणमा परेपनि केही दिनमा छुट्ने गरेका छन ।
उनको गलत कृयाकलापको बारेमा स्थानिय बिद्यार्थि नेताहरु पनि असन्तुष्ट छन । तर उनी एमालेको गुट राजनितिको फाईदा उठाउदै नेतालाई प्रयोग गर्दे उन्मुक्ति लिदै आएका छन । नेकपा एमालेको माधब नेपाल गुटमा रहेका पौडेललाई एमालेका स्थानिय नेताहरुले कार्वाही गरेर पनि कयौ पटक फिर्ता लिन परेको एक नेताले बताए । माथिकै प्रेसर आउने र गलत मान्छे हो भन्ने जान्दाजान्दै पनि केही गर्न नसक्ने परिपाटी बनेको उनिहरु बताउछन । नेपाल समुहमा रहेको सभासद देखि केन्द्रका नेताहरुले नै दवाव दिने गरेको उनिहरु बताउछन ।
पछिल्लो समय कास्की जिल्लाको माछापुछ्े गाउपालिकाकी एक ६ बर्षिय बालिका माथि यौन सम्पर्कको प्रयास गर्दे गर्दा स्थानियले रंगेहात समातेर प्रहरीलाई बुझाएका छन । गाउलेले प्रहरीलाइ बुझाएका पौडेल अहिले कास्की प्रहरीको हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनलाई आबस्यक कार्वाहीको प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी खडक् बहादुर खत्रीले जानकारी दिए । उनले यो पटक अहिले सम्म कुनै नेताको प्रेसर नआएको पनि बताए ।
पछिल्लो समय उनले ७३ साल असार ५ गते मध्येरातमा आफु बसेकै घरकी एक युवती माथि पनि जाईलाग्ने काम गरेका थिए । मध्येराती युवती सुतेका कोठामा झयाल बाट पसेर यौन प्यास मेटाउने प्रयास गरेपछि प्रहरीलाई बुझाईएको थियो । तर उनि केही दिनमै प्रहरी हिरासत मुक्त भए ।
यो भन्दा अगाडी पनि उनलाई प्रहरीले धेरै पटक यौन काण्डमै नियन्त्रणमा लिएको स्रोत बताउछ । तर उनि सजाय नभोगी निस्कने गरेका छन ।
संगठनको कार्वाही
उनको गलत कृयाकलापका कारण अनेरास्ववियुले कार्वाही समेत गरेको छ । यस भन्दा अगाडी पनि कार्वाहीमा परेका पौडेललाई यो पटक साधारणसदस्य समेत नरहने गरी कार्वाही गरिएको छ । अनेरास्वबियुको कास्की, पृथ्वीनारयण क्याम्पस जिल्ला अध्यक्ष बिवेक देवकोटाले जारी गरेको बिज्ञप्तीमा पौडेलको यस्तो गलत कृयाकलापको आफुहरुले समर्थन नगर्ने बताईएको छ । दोशी माथि कानुनी कार्वाहीको पनि माग गरिएको छ ।
पौडेल अनेरास्वबियुको तर्फ बाट पोखराको पृथ्वीनारायण क्याम्पसमा गत फागुन १८ गते भएको स्वबियु र्निबाचनमा उपसभापतिको उमेदवार बनेका थिए । अन्य बिद्यार्थि संगठनको बिरोधका कारण अनेरास्वबियुको बलियो पकट मानिएको पृथ्वीनारायण क्याम्पसमा भने र्निबाचन रोकिएको थियो ।
