मिस नेपाल २०१७ बनिन् निकिता (भिडियो सहित)

Share:

रञ्जन अधिकारी पोखरा, १९ जेठ / मिस नेपाल २०१७ को ताज निकिता चन्दकले जितेकी छिन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले १८ प्रतिष्पर्धीलाई पछि पार्दै मिस वल्र्ड नेपालको ताज पहिरेकी हुन् । मोरङकी चन्दकले अन्य दुई टाईटल पनि जितिन् ।

उनलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्‍याइदिइन् । दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता निकिताले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् ।

यस्तै, काठमाण्डौंकी रोजिना श्रेष्ठ फस्र्ट रनर अप अर्थात् मिस नेपाल अर्थको ताज पहिरिन सफल भएकी छिन् । धेरैको रोजाईमा परेकी निति शाह भने सेकेण्ड रनर अपका रुपमा मिस नेपाल ईन्टरनेशनलमा सीमित बनेकी छिन् । मिस नेपाल एसिया प्यासिफिक ईन्टरनेशनलको ताज भने सहारा बस्नेतले जितेकी छिन् ।

कमेन्ट गर्नुहोस्
Share: