
बिग न्यूज
काठमाण्डौ, २६ जेठ । नेपाली लोकदोहोरी गीत ‘पानीको घैला’ सार्वजनिक भएको छ । चर्चित लोक गायिका पूर्णकला बीसी र गायक भुपेन्द्र चाम्लागाईको आवाजमा रहेको पानीको घैला बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
एक नारायण भण्डारीको शब्द रचना रहेको गीतमा भण्डारीको आफ्नै संगित रहेको छ ।
हालै सार्वजनिक भएको भिडियोमा चर्चित अभिनेत्री सुष्मा कार्की र लोक दोहोरीका नायकले परिचित शंकर बीसीको अभिनय रहेको छ । नविन घर्तीको सम्पादन, राजेश घिमिरेको छायांकनलाई शंकर बीसीले निर्देशन गरेका छन् ।
कमेन्ट गर्नुहोस्
