
श्यामशितल परियार÷विग न्यूज ।
लमजुङ, जेठ २७
साहित्य र सङ्गीतको क्षेत्रमा योगदान गरेको भन्दै ठाडो भाका शिरोमणि दीर्घराज अधिकारी (भेडीखर्के साइँला) सम्मानित भएका छन् ।
हरिदेवी कोइराला साहित्य सङ्गीत सम्मान कोष, पोखराबाट राष्ट्रिय पुरस्कार–२०७३ बाट अधिकारी सम्मानित भएका हुन् । लमजुङको मौलिक पहिचान बोकेको ठाडो भाकाको संरक्षण र सम्वद्र्धनमा विशेष योगदान पु¥याएबापत ठाडो भाका शिरोमणि ८४ वर्षीय दीर्घराज अधिकारी (भेडीखर्के साइँला) लाई सम्मान गरिएको हो ।
मौलिक संस्कृति बोकेको ठाडो भाकाको श्रीवृद्धिमा विशेष योगदान गरेको भन्दै भेडीखर्केलार्ई नगद रु १५ हजारका साथ दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
जीवनको तीन दशक गायन क्षेत्रमा बिताएका अधिकारीलाई बुढेसकालमा आएर भएपनि विभिन्न सामाजिक संस्थाले सम्मान गर्दा निकै खुशी मिलेको उनले बताए ।
