
पोखरा, जेष्ठ २८ ।
बदलिदो राजनितिक अबस्थामा नेपालमा देखिएको मानवअधिकारको अबस्थामा पोखरामा बृहत अन्र्तकृया कार्यक्रम हुने भएको छ ।
जनअधिकार अभियान नेपालले सोमबार मानवअधिकारको दुष्टीकोणबाट बर्तमान राजनितिक परिस्थिती र जनचाहना बिषयक अन्र्तकृया कार्यक्रम आयोजना गरेको जनाईएको छ । नेपालमा अहिले स्थानिय तहको पहिलो चरणको र्निबाचन भैसकेको छ भने दोस्रो चरणको र्निबाचन मिति तोकेर पनि अन्यौल छ । यस्तो अबस्थामा मानीसका समर्थन र बिरोध गर्न पाउने अधिकार हनन भए, नभएको बिषयमा कार्यक्रममा छलफल हुने जनअधिकार अभियानका अध्यक्ष एकराज भण्डारीले जानकारी दिए ।
पोखरा लेखनाथ महानगरपालिकाको सभाहलमा बिहान ११ बजे हुने कार्यक्रममा पोखरा स्थित मानवअधिकारबादी, सरोकारवाला लगायतको सहभागिता रहने भण्डारीले बताए ।
