ओम र मनास्लु गाभिए, सुरु भयो एकीकृत कारोबार

Share:

बिग न्युज पोखरा, २ असार / पोखरामा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक लिमिटेड र गोरखामा केन्द्रीय कार्यालय रहेको मनास्लु विकास बैंक लिमिटेड मर्ज भएर शुक्रबारबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीबि नेपालले ओम र मनास्लुको संयुक्त कारोबार शुभारम्भ गरे । कार्यक्रममा गर्भनर डा. नेपालले नेपालको बर्तमान बैंकिङ अवस्था र नेपालको वित्तीय बातावरणबारे जानकारी दिएका थिए ।

मर्जरपछि ओम डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले जानकारी दिए । मर्जरपछि बैंकको चुक्तापुँजी झन्डै एक अर्ब ६६ करोड, निक्षेप १५ अर्ब ४० करोड, कर्जा १३ अर्ब ८० करोड, शाखा संख्या ४१, कर्मचारी संख्या ३२७, निक्षेप ग्राहक एक लाख ९८ हजार, कर्जा ग्राहक २५ हजार १ सय, एटिएम ग्राहक १५ हजार र मोवाईल बैंकिङ ग्राहक ३७ हजार ५ सय पुगेको उनले बताए ।

बैंकका अध्यक्ष सुशिल कुमार गोशलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक तथा संयुक्त मर्जर समितिका संयोजक राजेन्द्र कुमार बाटाजुले शुभकामना मन्तब्य र साविक मनास्लु विकास बैंकका अध्यक्ष तथा बर्तमान सञ्चालक बिजय मल्लले मन्तब्य राखेका थिए । सभामा डेभलपमेन्ट बैंकर एसोशियसन नेपालका अध्यक्ष भरत राज ढकाल, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द मुल्मी, पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सि., पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए ।

 

कमेन्ट गर्नुहोस्
Share: