
पोखरा, माधब पनेरु । असार ३ ।
अन्तराष्ट्र्रिय स्तरको संस्था नेपाल पर्वतारोहण संघ (एन.एम.ए.) अहिले चर्चाको विषय वनेको छ । संघको निर्वाचन को मिति नजिकिदै जाँदा नयाँ नेतृत्वका लागि विभिन्न राजनीतिक दल सँग नजिकिएका पर्यटन व्यवसायीहरु पार्टीमा छलफल गर्न थालेका छन् । विगतमा धेरै कार्य समितिहरु सहमतिमा नै बन्दै गएता पनि यस पटक चार पक्षको भिडन्त हुने देखिएको छ ।
नेपाल पर्वतारोहण संघमा चरम राजनीतिक प्रवेश गर्नाले संघको गरिमामा आँच आउने र संघमा आबद्ध आरोही, मजदुर, कर्मचारी माथि अन्याय हुने पुराना पर्यटन व्यवसायी वताउँछन् । नेपाल पर्वतारोहण संघ विवाद मुक्त कहिले पनि हुन् सकेन । विगतमा ंसंघमा भ्रष्टाचार, अनियमितता, गुटबन्दी तालाबन्दी देखि लिएर हिमाल खोसिने सम्म कार्य हुदै आएको सर्वविदितै छ । विगतमा एन एम ए कार्य समिति कोषाध्यक्ष समेत रहेका आशा गुरुङले संघमा, अनियमिता मनोमानी लगायत लिखित रुपमा नै जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा निवेदन पेश गरेको श्रोतको भनाई छ ।
नेपाल पर्वतारोहण संघ (एन एम ए)मा चार दशक देखि रोयल्टी संकलन गर्ने अधिकार पाएको ३३ वटा हिमाल विवादित वनेको यसै गरी केपी ओली नेतृत्वको सरकारमा सामेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पा को सिफारिसमा नेपाल पर्वतारोहण संघले उठाउदै आएको रोयल्टी अधिकार खोसेका थिए ।जुलाईको पहिलो हप्ता गरिने एन एम ए को निर्वाचनमा मुख्य चार जना आकांक्षी देखिएका छन् । त्यसमा वरिष्ठ पर्यटन व्यवसायी तथा पूर्व अध्यक्ष जिम्बा जाड्बु शेर्पा, निमा नुरु शेर्पा वर्तमान प्रथम उपाध्यक्ष सन्त विर लामा र भूमिलाल लामा रहेका छन् । एन एम ए को नेतृत्व हत्याउन संघका एक जना आकांक्षी संघका वर्तमान प्रथम उपाध्यक्ष तथा संग्रहालय संयोजक सन्तविर लामा वर्तमान कार्यकालमा संघले निकै वदनामी कमायो । संघमा बसेर व्यक्तिगत लाभ लिने देखि अनियमितता अपारदर्शिता, नातावाद लाई वढावा दिएको संघका मानिसहरुले नै आरोप लगाउदै आएका छन । लामाको बिषयमा अख्तियारमा समेत लिखित उजुरी परेको छ । लामाले पोखराको संग्राहलय परिसरमा मनोमानी ढंगले कफि खेति गरेको ,परिसर भित्र रहेको रेष्टुरेन्टको अस्वभाविक तरिकाले १५ बर्षे संझौता गरि आफ्नै भान्जालाई सञ्चालन अनुमति दिएको र अन्य आर्थिक बिषयमा मनोमानी गरेको भन्दै उजुरी परेको हो । लामा पर्बतिय संग्राहलय पोखराको संयोजक हुन । उनकै कार्यकालमा कृतिम क्लाईम्वीङ्ग वाल पनि बिना टेन्डर र्निमाण गरेका थिए । सो बिषयमा पनि अख्तियारमा छानबिन भैरहेको स्रोतले बताएको छ ।
नेपाल पर्वतारोहण संघका नयाँ नेतृत्च स्वच्छ छवि विकास प्रेमी, पर्वतारोहण सम्बन्धी अनुभव भएको हुन् पर्ने संघमा आबद्ध, आरोही, गाइड भरिया र कर्मचारी वताउंछन् । सेर्पा समुदायको बाहुल्य रहेको संघमा अन्य पर्यटन भन्दा बाहिरका र हिमाल संबन्धी जानकारी नभएका मानिसहरु पनि संघमा सदस्य बनेको भन्दै उनिहरुले दुखेसो पोखेका छन । संघलाई अव भ्रष्टहरुको हातमा जान नदिने र पारदर्शि बनाउनको लागि अधिबेशन मार्फत नयाँ पदाधिकारी ल्याउनु पर्नेमा उनिहरुले जोड दिएका छन ।
