
काठमाडौं, १२ असार – भलिबल खेलाडी सिपोरा गुरुङ अभिनित चलचित्र ‘भुइँमान्छे’ को ट्रेलर सार्वजनिक भएको छ ।
सिपोरा गुरुङ, रमेश बुढाथोकी, सहिन प्रजापति, रोहिणी भट्टराई लगायतका कलाकारको अभिनय रहेको सिनेमामा सिपोरा गुरुङ र रमेश बुढाथोकी वरिपरि घुमेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । चलचित्रलाई विदुर पाण्डेले क्यामेरामा कैद गरेका हुन् भने कथा, पटकथा तथा निर्देशन नवराज बुढाथोकीको रहेको छ ।
चलचित्र आउँदो भदौ २ गतेबाट प्रदर्शनमा आउँदैछ ।
कमेन्ट गर्नुहोस्
