ईञ्जिनियरिङ विद्यार्थीका आन्दोलन स्थगित

Share:

रञ्जन अधिकारी पोखरा, १ साउन / ईञ्जिनियरिङका विद्यार्थीले आन्दोलन स्थगन गरेका छन् । त्रिभुवन विश्वविद्यालय, ईञ्जिनियरिङ विभाग (आईओई) ले परीक्षा शुल्कमा गरेको वृद्धि फिर्ता लिने जनाएसँगै मुलुकभर आन्दोलित विद्यार्थीकोे आन्दोलन स्थगित भएको हो । आईओईले परीक्षा शुल्क पाँच सयबाट बढाएर आठ सय पु¥याएको थियो ।

शुल्क वृद्धिको विरोधमा ईञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसमा पनि दुई विद्यार्थी संगठन नेवि संघ र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आन्दोलन सुरु गरेका थिए । उनीहरुले आईतबार दिउँसो दुई बजेदेखि आमरण अनसन नै सुरु गरेका थिए ।

धरानमा चार दिनदेखि आमरण अनसन जारी थियो भने पुल्चोकमा बस्ने तयारी रहेको नेवि संघ क्याम्पस ईकाई सभापति आदर्श लामिछानेले बताए । नेविसंघका इकाई उपसभापति आशिष शर्मा र क्रान्तिकारीका क्याम्पस कमिटि अध्यक्ष कृष्ण दाहाल अनसन बसेका थिए ।

यो निर्णयसँगै क्याम्पसमा लागेको ताला समेत खुलेको छ । यद्यपी, स्ववियू कार्यालयमा लगाईएको ताला भने नखोलिने सभापति लामिछानेले बताए । गत असार २८ देखि पाँच बुँदे माग गर्दै कार्यालयमा तालाबन्दी लगाईएको छ ।

स्ववियू चुनाव खर्च पारदर्शी, सभापतिको स्पष्टीकरण, शौचालय सरसफाई, तालिमको व्यवस्था लगायतका माग गर्दै दुई संगठन आन्दोलित छ । स्ववियू सभापति ईन्द्र पौडेल अनेरास्ववियूका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: