पहिलो साउने सोमबारकै दिन मन्दीरमा गाईको हत्या 

Share:
 २ साउन, पोखरा, ।नेपाली सस्कार अनुसार साउन महिनालाई बिषेश महत्वको रुपमा लिईन्छ । हिन्दु धर्म अनुसार यो महिनाको सोमबार महिलाहरु ब्रत बसेर शिबको पुजा गर्छन ।

यसै दिन हिन्दु परम्परा अनुसार पबित्र र बिषेश महत्वको रुपमा लिईने शिब मन्दीरमा पालिएको गाईको हत्या गरिएको छ । मध्येरातमा अज्ञात समुह द्धारा मन्दीरले पालन गरेको गाईको ढुंगा प्रहार गरि हत्या गरिएको हो । गाईको टाउकोमा ढुंगाले हानेर हत्या गरिएको घटनाको प्रकृति अनुसार स्पष्ट भएको वडा प्रहरी कार्यलय बैदामका सई टिकाराम बाग्लेले जानकारी दिए ।

पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १७ मा रहेको शदाशिबजी हरिहर मन्दीरमा पालिएको गाईको राति करिव पौने चार बजे गोठमै गएर हत्या भएको मन्दीरका पुजारी ठाकुर प्रसाद आचार्यले बताए । राति गाईको गोठमा आवाज आएपछि आफु जाँदा गाई मरिसकेको पुजारी आचार्यले बताए । पबित्र स्थलमा रहेको गाईको हत्या हुनु दुखद भएको मन्दीर ब्यबस्थापन समीतीका सचिव शंकरराज भण्डारीले भने । केही दिन यता गाई मार्नेहरु सक्रिय भैरहेको अबस्थामा मन्दीरमा पनि त्यस्तै गिरोह हुन सक्ने उनले बताए ।

हिन्दु परम्परा अनुसार महत्वपुर्ण दिन पारेर त्यो पनि मन्दीरले पालेको गाईलाई गोठमै गएर हत्या गर्नु सामान्य कुरा नभएको उनको भनाई थियो । गाई मार्नु अहिले पनि गैरकानुनी मानिन्छ – भण्डारीले भने । मध्येरातमा आएर गाईको हत्या गर्नेले अरु अपराधिक कृयाकलाप नगर्ला भन्न नसकीने ब्यबस्थापन समीतीका अध्यक्ष ऋसिराम भण्डारीले बताए  । अब मन्दीरको सरक्षाको पनि बिषय उठेको उनको भनाई थियो । यो क्षेत्रलाई बिषेश निगरानि राखेर यस्ता गलत कृयाकलाप गर्नेहरुलाई कानुनी दायरामा ल्याउन उनले सुरक्षा निकाय संग माग गरे ।

आईतबार मात्र पोखराको लेखनाथमा गाई मारेको अभियोगमा कास्की प्रहरीले दुई जना नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: