
नेपाली फिल्म ‘ह्याप्पी न्यु ईयर’को टिजर सार्वजनिक भएको छ । टिजरसंगै फिल्म निर्माण पक्षले रिलिज मिति पनि सार्वजनिक गरेका छन् ।
देवकुमार श्रेष्ठको निर्देशन र रती थापा निर्मित फिल्मको टिजरमा कुशल थापा र सन्ध्या केसी प्रस्तुत भएका छन् । अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको यो फिल्मले अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारि पुष १४ लाई रिलिज मिति तोकेको छ । आरके एम प्रोडक्सनको व्यानरमा निर्मित फिल्म प्रेमकथामा आधारित छ ।
मनोज अधिकारी लाइन प्रोड्युसर रहेको यस फिल्ममा कुशल र संध्यासंगै पुकार गौतम, केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेले खिचेको यस फिल्ममा विनोद ढकाल, टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।
कमेन्ट गर्नुहोस्
