पत्रकार नेपालीप्रति दुव्र्यवहार भएकोमा माफी मागे प्रहरीले

Share:

पोखरा, २४ साउन / समाचार संकलन गर्ने क्रममा पोखराको पृथ्वीचोकस्थित सस्तोबजार पुगेकी विग एफएम र सञ्चार केन्द्र डट कमकी समाचारदाता आस्था नेपालीलाई दुव्र्यवहार गरेकोमा वडा प्रहरी कार्यालय बैदाम पोखराका प्रमुख प्रहरी निरीक्षक बसन्त शर्माले गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको पहलमा आज सामुदायिक सेवा केन्द्र पोखरा शान्तिवनस्थित कार्यालयमा दुवैपक्षकाबीच छलफल गर्दा प्रनि शर्माले गल्ती महशुश गर्दै माफी मागेका हुन् । क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य ओम हमाल समेतको उपस्थितिमा भएको सो छलफलमा प्रहरीकोतर्फबाट गल्ती भएको भनी स्वीकार गरेको अवस्थामा यस्ता कार्य नगर्न सुझाव दिंदै पीडित पत्रकार आस्था नेपालीले यस विवादलाई समाप्त गर्न आफू तयार रहेको बताएकी थिइन् ।

सोही अवसरमा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य ओम हमालले गल्तीलाई स्वीकार गर्दै सच्याउने प्रतिवद्धता आउनुलाई सकारात्मक रुपमा लिइएको प्रतिक्रिया दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: