
पोखरा, साउन ३२ । सामुदायिक सुचना समाज, पोखरा द्धारा स्थापना गरिएको सिआईएस पत्रकारीता पुरस्कार यो बर्ष पत्रकार कमल पौडेल ( अथक) ले पाउने भएका छन ।
पुरस्कार छनौट समितिको बैठकले यो बर्षको पुरस्कार युवा तथा खोजमुलक पत्रकारीता गर्दे आएका पौडेललाई दिन गरेको सिफारीसका आधारमा सस्थाले उक्त र्निणय गरेको सामुदायिक सुचना समाज, पोखराका महासचिव राजेन्द्र शर्माले जानकारी दिए । नेपाल पत्रकार महासंघ कास्कीका पुर्ब उपाध्यक्ष राज बहादुर गुरुङ्गको संयोजकत्वमा गठन भएको छनौट समितिले सस्थाको नियमावलीका आधारमा छनौटमा परेका पत्रकारहरुमध्ये वाट कास्कीमा लामो समयसम्म कृयाशिल रहका पत्रकार पौडेललाई यो पटक उक्त पुरस्कार दिने र्निणय भएको हो । छनौट समितिमा पत्रकार यदुनाथ बन्जरा र माधब पनेरु सदस्य रहेका थिए ।
११ हजार १ सय ११ पुरस्कार राशि रहेको पत्रकारीता पुरस्कार सुचनाको हक तथा सुसासनका क्षेत्रमा कलम चलाउने पत्रकार लाई दिने गरिन्छ । सामुदायिक सुचना समाज द्धारा स्थापना भएको यो पुरस्कारबाट यसअघि सराङ्गकोट साप्ताहिक पत्रिकाका प्रधानसम्पादक यदुनाथ बन्जरा पुरस्कृत भैसकेका छन ।राष्ट्रिय सुचना दिबसको अबसर पारेर सामुदायिक सुचना समाजले भदौ ३ गते बिषे कार्याक्रमको आयोजना गरि पुरस्कार प्रदान गर्न लागेको सस्थाको महासचिव शर्माले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथि राष्ट्रीय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा रहने पनि सस्थाले जनाएको छ । ।
पत्रकार पौडेल हाल रेडियो सराङ्गकोटका समाचार प्रमुख र पोखराबाट प्रकाशित हिमदुत राष्ट्रीय दैनिक, लगायतका सञ्चारमाध्यममा आबद्ध छन ।
