
पोखरा ३२ साउन । पोखरा वस व्यवसाय समितिले हरेक वर्ष प्रदान गर्दै आएको सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०७४ वाट सराङ्कोट साप्ताहिक पत्रिकाका प्रकाशक÷सम्पादक यदुनाथ बञ्जरा पुरस्कृत हुने भएका छन् ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ छनौट समितिको पदेन संयोजक रहने समितिले बञ्जारालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । छनौट समितिमा पोखरा वस व्यवसायी समितिका अध्यक्ष देउप्रसाद गुरुङ, रमेश गिरी र सचिव अमृत शर्मा तिमिल्सना सदस्य थिए । ज्वाला साप्ताहिकवाट २०५५ सालमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेका बञ्जरा पोखराको खोजमुलक पत्रकारितामा लगातार क्रियाशिल छन् ।
वि।स। २०६५ सालमा स्थापना भएको पुरस्कारवाट कम्तीमा पनि ५ वर्ष पत्रकारिता गरेको र यातायातका क्षेत्रमा कलम चलाउने संचारसंस्था तथा पत्रकारलाई सम्मानित गरिदै आईएको छ ।
यस पुरस्कारवाट यस अघि २०६५ सालमा पत्रकार दीपेन्द्र श्रेष्ठ, ०६६ मा रेडीयो तरंग, ०६७ मा उत्तम पण्डित,०६८ मा रेडीयो अन्नपूर्ण, ०६९ मा सन्तोष अधिकारी, ०७० मा गोविन्द सुवेदी, ०७१ मा सन्तोष पोखरेल, ०७२ मा अर्जुन गिरी र ०७३ मा रञ्जन अधिकारी सम्मानित भैसकेका छन् ।
समितिले यसवर्षवाट पोखराको सामाजिक विकासमा क्रियाशिल व्यक्तिलाई समेत सामाजिक सेवा पुरस्कारवाट सम्मानित गर्ने निर्णय गरेको छ । यातायात क्षेत्रका धरोहर स्व। हर्कवहादुर गुरुङको स्मृतिमा स्थापित यस सम्मानवाट नागरिक समाज पोखराका संयोजक रामवहादुर पौडेललाई पुरस्कृत गर्न लागिएको समितिका सचिव अमृत शर्मा तिमिल्सनाले जानकारी दिए ।
दुवै पुरस्कारहरु समितिको २५ औँ साधारणसभाको अवसरमा यही साउन २ गते शुक्रवार पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानवहादुर जिसीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमवाट वितरण गरिने छ । पुरस्कारको राशी नगद १० हजार तथा दोसल्ला र सम्मानपत्र छ । त्यसैगरि समितिले साधारणसभाको अवसरमा असल चालक, परिचालक ,कर्मचारी तथा एसइई परिक्षामा सर्वोत्कृष्ट हुने व्यवसायीका छोराछोरीहरुलाई समेत सम्मान गर्दै छ ।
