
रञ्जन अधिकारी पोखरा, ८ भदौ / बिग एफएम १०१.२ ले तीजको अवसरमा सुरु गरेको ‘बिग तीज बिग धमाका’ रेडियो गेम शो आज सकिएको छ । तेस्रोे दिन पनि चार जना विजयी भएका छन् । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बिग एफएमले नोभा दहीसँगको सहकार्यमा रेडियो गेम शो संचालन गरेको हो ।
नोभा दही बिग तीज, बिग धमाका रेडियो गेम शोमा स्रोताहरुले एसएमएस र फेसबुकमा कमेन्ट गरी सहभागिता जनाए । तेस्रो दिन फेसबुकमा प्राप्त ६ सय बढि कमेन्टबाट दुई जना छनौट भएका छन् । सही कमेन्ट गर्ने मध्ये मञ्जु थकाली र निरु माया चयन भए । यस्तै एसएमएकर्ता मध्येबाट सही उत्तर दिनेमध्ये प्रतिक्षा बास्तोला र सुजाता राई लक्की ड्रबाट छानिए ।
फेसबुकमार्फत पहिलो दिन सरु खनाल र रमा क्षेत्री, दोस्रो दिन सुस्मिता प्रधानांग र रिया पुन गुरुङ विजयी भए भने एसएमएसबाट पहिलो दिन शर्मिला पोखरेल र सूचना कार्की, दोस्रो दिन यमप्रसाद पंगेनी र समिक्षा पौडेल लक्की ड्रबाट छानिएका थिए । सही उत्तर दिने एसएमएसकर्ता मध्येबाट लक्की ड्र गरेर हरेक दिन दैनिक दुई जना तथा फेसबुक कमेन्टमा सही उत्तर लेख्ने मध्ये दुई जनालाई गोलाप्रथाबाट छनौट गरी नगद एक हजार साथमा फिस्टेल डेरीबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने कार्यक्रम संयोजक सञ्जोक बस्यालले बताए ।
यसअघि एसएमएस गरेर मात्र सहभागिता जनाउँदै आएकोमा यसपटक देखि सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि मध्येनजर गर्दै रेडियोको पेजमार्फत फेसबुक कमेन्ट समावेश गरेको हो । रेडियो गेम शो अन्तरगत दिनहुँ एउटा तीजसंग सम्बन्धित प्रश्न सोधिएको थियो ।
तीन दिनसम्म सही उत्तर दिने सबैमध्येबाट लक्की ड्र मार्फत एक जना छनौट गरी बम्पर उपहार आधा तोला सुनको गहना प्रदान गरिनेछ ।
नोभा दही बिग तीज, बिग धमाकाका हरेक दिनको विजेता राति ८ः३० बजेको कार्यक्रममार्फत छनौट हुनेछन् । श्रोताहरुको सजिलोका लागि हरेक प्रश्नमा अप्शन दिईने एफएमले जनाएको छ ।
