नोभा दही ‘बिग तीज, बिग धमाका’ मा सुनको गहना बबिता बिकलाई, तीन दिनमा अन्य १२ जना विजयी

Share:

रञ्जन अधिकारी पोखरा, ८ भदौ / बिग एफएम १०१.२ ले तीजको अवसरमा सुरु गरेको ‘नोभा दही बिग तीज बिग धमाका’ रेडियो गेम शो को बम्पर प्राईज बबिता बिकले जितेकी छिन् ।

तीन दिनसम्म एसएमएस गर्ने मध्येबाट उनको मोबाईल नम्बर लक्की ड्रबाट छनौटमा परेको हो । उनले बम्पर प्राईज स्वरुप आधा तोलाको सुनको गहना जितेकी छिन् । निकट भविष्यमै एक समारोहबीच उनलाई पुरस्कार प्रदान गरिने रेडियोले जनाएको छ ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बिग एफएमले नोभा दहीसँगको सहकार्यमा रेडियो गेम शो संचालन गरेको हो । तीन दिनबीचमा अन्य १२ जना पनि विजेता बनेका छन् । हरेक दिन चार जना विजेता छनौट गरेको हो । बिग तीज, बिग धमाका रेडियो गेम शोमा स्रोताहरुले एसएमएस र फेसबुकमा कमेन्ट गरी सहभागिता जनाए । फेसबुकमार्फत पहिलो दिन सरु खनाल र रमा क्षेत्री, दोस्रो दिन सुस्मिता प्रधानांग र रिया पुन तथा तेस्रो दिन मञ्जु थकाली र निरु माया चयन भए ।

यस्तै एसएमएकर्ता मध्येबाट सही उत्तर दिनेमध्ये पहिलो दिन शर्मिला पोखरेल र सूचना कार्की, दोस्रो दिन यमप्रसाद पंगेनी र समिक्षा पौडेल तथा तेस्रो दिन प्रतिक्षा बास्तोला र सुजाता राई लक्की ड्रबाट छानिए । सही उत्तर दिने एसएमएसकर्ता मध्येबाट लक्की ड्र गरेर हरेक दिन दुई जना तथा फेसबुक कमेन्टमा सही उत्तर लेख्ने मध्ये दुई जनालाई छनौट गरिएको हो । उनीहरुलाई जनही नगद एक हजार साथमा फिस्टेल डेरीबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने कार्यक्रम संयोजक सञ्जोक बस्यालले बताए ।

यसअघि एसएमएस गरेर मात्र सहभागिता जनाउँदै आएकोमा यसपटक देखि सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि मध्येनजर गर्दै रेडियोको पेजमार्फत फेसबुक कमेन्ट समावेश गरेको हो । रेडियो गेम शो अन्तरगत दिनहुँ एउटा तीजसंग सम्बन्धित प्रश्न सोधिएको थियो । रेडियोले हरेक वर्ष तीजमा यो रेडियो गेम शो सञ्चालन गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: