दोश्रो मेलोडी अवार्डबाट संगितकार थापा सम्मानित

Share:

पोखरा / मेलोडी क्याफे एण्ड लाउन्च बारद्धारा यस बर्षको दोश्रो मेलोडी अवार्ड वरिष्ठ सँगीतकार सुनिल थापालाइ प्रदान गरिएको छ ।

पोखरा उद्योग वाणिज्य सद्यको अमृत कक्षामा सम्पन्न कार्यक्रममा कन्दरा व्याण्डका सँगीतकार सुनिल थापालाई नगद रु २५ हजार ५ सय सहिद खादा र दोसल्लाका साथ सम्मान गरिएको हो ।

कार्यक्रममा कन्दरा ब्याण्डका बरिष्ठ गायक विवेक श्रेष्ठले सुनिल थापासँगको आफ्नो साँगीतीक सहयात्राको बारेमा जानकारी दिदै सुनिल थापाको परिचय सँगीतकारले मात्र नपुग्ने पनि बताए । गायक श्रेष्ठ भने सुनिल सँगीतकार मात्र नभइ राम्रो गायक, रचनाकार र राम्रो अभिनयकर्ता समेत भएको बताए । सुनिल थापा संगको सांगितिक यात्रा बाल्यकाल देखि नै सुरु भएको बताउँदै उनले भने : -“सुनिल सानै देखि त्यति नबोल्ने र अन्तर्मुखि स्वभवका थिए । “

बिगत तीन दशक देखि पोखरामा रहेर सांगीतीक क्षत्रमा कर्म गरिरहेका संगीतकार सुनिल थापाका तिमि पारी त्यो गाँउमा,हङ्गकङ्ग पोखरा , तगारोमा रुमाल राखी, क्या राम्रो स्याउ बारी, रुपै राम्रो रुपा तालको लगायतका गीतहरु चर्चित छन । गायक थापाले यो सम्मान पाउँदा खुसी लगेको र गीत सँगीतप्रति अझ आफ्नो जिम्मेवारी बढेको वताए ।

कार्यक्रमका अध्यक्ष मेलोडीका संचालक तथा २२ वर्ष यता साँगीतिक क्षत्रमा सक्रिय गायक विनोद बानीयाले हरेक व्यबसाय जस्तै गीत सँगीतको महत्व उत्तिकै भएपनि सर्जकहरुलाई सम्मान दिन नसकेको महसुश भएकाले आफु लगायत आफ्नो टिमले यस खालको अवार्ड गर्ने सोच ल्याएको बताए । यस वर्ष झैं गत वर्षपनि मेलोडी क्याफे एण्ड लाउन्ज बारले गायक तिर्थ तामाङ्गलाई सम्मान गरिसकेको छ ।

त्यस्तै प्रमुख अतिथि कवि प्राज्ञ तीर्थ श्रेष्ठले पुरस्कार वितण गर्दै हरेक मान्छेले मेलोडी अर्वाडको जस्तै नबिनतम् सोच ल्याउनुपर्ने बताए ।

सम्मानित व्यक्तित्व सँगीतकार थापाले आफु पाएको पुरस्कार रकम रु २५,५०० आर्थिक रुपमा कमजोर तर राम्रा प्रतिभा भएका बालबालिकाका लागि गीत रेकर्ड गर्न सहयोग गर्ने घोषणा पनि गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: