
मुस्ताङ, १७ असोज । चार जना तीर्थयात्रीको ज्यान गएको केहि महिना नबित्दै कागबेनी मुक्तिनाथ सडक खण्डमा फेरि अर्को दुर्घटना भएको छ ।
मुक्तिनाथ रानीपौवाबाट जोमसोमतर्फ आउँदै गरेको ग १ ख ५५२९ नम्बरको बस बाह्रगाउँ मुक्तिक्षेत्र कागबेनीको घुम्तीमा दुर्घटना हुँदा बस चालक सहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मंगलवार दिउसो भएको दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । १० जनाको अवस्था गम्भिर छ ।
जोमसोम देखि मुक्तिनाथ रुटमा चल्ने मुस्ताङ जीप तथा बस व्यवसाय समितिको उक्त बसले मुक्तिनाथ दर्शनगरी फर्किएका ३८ यात्रु लिएर जोमसोम तर्फ आउदै गरेको अवस्थामा ओरालोमा पल्टिएको हो ।
कागबेनी मुक्तिनाथ सडक कालोपत्रे भएपछि यो पहिलो बस दुर्घटना हो ।
मुस्ताङबाट पत्रकार सुन्दरकुमार थकालीको सहयोगमा
