
यस पटक अन्तिम डिभि सन २०१९ काे लागि खुल्दैछ भन्ने हल्ला बजारमा चलिरहेकाे बेला नेपाल स्थित अमेरिकि राजदुतावासले असोज १७ गते रातको ९:४५ बजे देखि डिभि आवेदन खुलाएको छ । दुतावासले डिभि भर्दा पैसा खर्च नगर्न र घरैबाट डिभि भर्ने सल्लाह दिएकाे छ । दुतावासकाे भाषामा कसरी डिभि भर्ने भन्ने जानकारी यहाँ प्रस्तुत गरेका छाैं
डिभि काे अावेदन गर्न निशुल्क र सजिलाे छ । अाँफै अावेदन भरि पैसा बचाउनुहाेस् अनि अावेदन पुरा गरि भरिएकाे निश्चित गर्नुहाेस् ।
डि.भि.काे अावेदन गर्न तपाइलाइ के अावश्यक पर्दछ ?
१. तपाइ अनि यदि भएमा तपाइकाे श्रीमान/श्रीमती र छाेराछाेरीकाे व्यक्तिगत विवरण
२. तपाइ अनि तपाइकाे परिवारकाे हालसालै खिचिएकाे २”x२” साइजकाे फाेटाे
३. उच्च माध्यमिक परिक्षा उत्तिर्ण प्रमाणपत्र वा दुइ वर्षकाे कार्यानुभव
डि.भि.काे अावेदन कसरी गर्ने ?
डि.भि.काे अावेदन गर्न सजिलाे र नि:शुल्क छ । निम्न पाइलाहरू अपनाउनुहाेस:
१. कुनै पनि इन्टरनेट भएकाे कम्प्युटरमा गइ याे वेबसाइटमा जानुहाेस : www.dvlottery.state.gov
२. तपाइकाे नाम,लिङ्ग, जन्म मिति, जन्म स्थान, पेशा लगायतका सुचनाहरू हाल्नुहाेस्
सावधान: गलत सुचनाहरू दिदाँ डिभि परेपनि भिसाकाे लागि अयाेग्य हाेइन्छ । अाफु जन्मेकाे देशलगायतका कुरा सहि तरिकाले भर्नुहाेस् । हालेका जानकारी दाेहाेर्याएर अवस्य भर्नुहाेस् ।
३. तपाइकाे श्रीमान्/श्रीमतीकाे अनि बालबच्चाहरूकाे फाेटाे ६०० पिक्सेल X ६०० पिक्सेल (२”x२”) साइजकाे फाेटाे खिचेर हाल्नुहाेस् । (तपाइकाे फाेटाे यस पेजबाट याेग्य छ कि छैन हेर्नुहाेस् )
सावधान: तस्विर नसाटियाेस् भन्ने कुरामा ध्यान दिनुहाेस् ।
४. तपाइले भरेकाे सुचनाहरू दाहाेर्याएर हेर्नुहाेस । सावधान लेखिएकाे प्रश्नहरूमा विशेष ध्यान दिनुहाेस् ।
५. अाफ्नाे कन्फरमेशन नम्बर प्रिन्ट गरि सुरक्षित राख्नुहाेस् ।
सावधान: डिभि परे नपरेकाे कन्फरमेसन नम्बरबाट थाहा हुन्छ । विश्वास गरेर कन्सल्टेन्सीहरूलाइ कन्फरमेसन दिदाँ उनिहरूले ठुलाे रकम असुली अन्तर्वाताकाे मिति उपलब्ध गराएकाे खबरहरू अाएका छन् । त्यसैले कन्फरमेसन नम्बर नबाँड्नुहाेस् ।
६. डिभि बिजेताकाे घाेषणा मइ २०१८ मा गरिनेछ । यस समय तपाँइले www.dvlottery.state.gov मा गइ अाफ्नाे कन्फरमेसन नम्बर राखेपछि अाफुले डिभि जिते नजितेकाे थाहा पाउन सकिन्छ ।
सावधानः कसैले डिभि दिलाइदिन्छु भनि अाश्वासन दिए विश्वास नगर्नुहाेस् ।


