छुट्टाछुट्टै दुर्घटनामा १४ घाईते, तनहुँमा पोखराबाट गएको बस पल्टियो, स्कुटर र टाटा सुमो ठोक्किए

529
0
Share:

तनहुँ, कार्तिक १० / तनहुँको दमौली बजार नजिक व्यास नगरपालिका वडा नम्बर १ सुगम पेट्रोल पम्प नजिक शुक्रबार स्कुटर र टाटा सुमो एकआपसमा ठोक्किदा स्कुटर चालक गम्भीर घाइते भएका छन् ।

डुम्रेबाट पोखरा आउँदै गरेको ग २ च ४८५१ नम्बरको टाटा सुमो र विपरीत दिशातर्फ जाँदै गरेको ग १२ प ९११ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक गम्भीर घाइते भएका हुन् । ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक व्यास नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष १७ का प्रभात आलेको पोखरामा उपचार भैरहेको छ ।

स्कुटरमै सवार अर्का वर्ष १८ का सन्दिप थापाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भएको छ । सुमो र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, पोखराबाट गएको बस तनहुँ शुक्लागण्डकी नगरपालिका ४ दुलौगौडा स्थित पृथ्वीराजमार्गमा दुर्घटनामा परेको छ । ना५ख ४९४५ नम्बरको बस अनियन्त्रित भई पल्टदा बसमा सवार १२ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुको गिरिजा प्रसाद कोईराल श्वास प्रश्वास केन्द्र बेलचौतारा उपचार भएको छ भने २ जनाको पोखरा रिफर गरेको प्रहरीले जानकारी दिएको छ ।

Pic. Kiran Shrestha

कमेन्ट गर्नुहोस्
Share: