
पोखरा, १३ कात्तिक /पोखरा टेलिभिजनले पोखरामा मिडिया कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । टेलिभिजनद्वारा सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आगामि मंसिर ५ र ६ गते हुने उक्त प्रतियोगितामा पोखराका झण्डै २० वटा मिडियाहरुको टिमले भाग लिने जानकारी दिइयो ।
पोखरामा कार्यरत सञ्चारर्कीहरुविच आपसमा सद्भाव विकास, स्वास्थ्य, मनोरन्जन र पुर्नताजगीका लागि प्रतियोगिता आयोजना गर्न लागिएको टेलिभिजनका कार्यक्रम संयोेजक सुरज श्रेष्ठले बताए । रानीपौवास्थित रानीपौवा फुटशलमा हुने प्रतियोगिताको विजेताले नगद १५ हजार सहित खसि, शिल्ड, मेडल तथा द्वितिय हुने टिमले नगद १० हजार सहित शिल्ड मेडल पुरस्कार प्राप्त गर्ने संयोजक युवराज भण्डारीले जानकारी दिए ।
त्यसैगरि सेमिफाइनलदेखिका खेलहरुमा म्यान अफ द म्याच, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई पनि आकर्षक पुरस्कार दिइने सो अवसरमा जानकारी दिइयो । प्रतियोगिता सम्पन्न गर्न झण्डै १ लाख ५० हजार खर्च लाग्ने टेलिभिजनले जनाएको छ ।
टेलिभिजनका सञ्चालक हिमाल खड्काको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा प्रतियोगिताका सह–संयोजक विनोद लामिछाने, टेलिभिजनका सञ्चालकहरु दिपक गोदार, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठक लगायतले बोलेका थिए ।
