जनताको समस्या मेरो आफ्नै समस्या हो : यज्ञबहादुर थापा

611
0
Share:

बिग न्यूज
पोखरा, २४ कात्तिक । कास्की क्षेत्र नम्बर एकमा काँग्रेसको तर्फबाट प्रतिनीधिसभा सदस्यका लागि उम्मेदवारी दिएका यज्ञबहादुर थापाले जनताको समस्या आफ्नो समस्या भएको बताएका छन् । लामो राजनीतिक यात्राको क्रममा जनताको हरेक समस्यालाई आफुले प्रत्यक्ष रुपमा भोगेको उल्लेख गर्दै सम्पूर्ण समस्याको समाधानका लागि काँग्रेसलाई भोट गर्न उनले आग्रह गरेका छन् ।

घरदैलोको क्रममा शुक्रबार उनी प्रदेश सभा उम्मेदवार कृष्ण केसीसहित वडा नम्बर १४ मा पुगेका थिए । काजिपोखरीस्थित प्रगती टोलमा पुग्दा काँग्रेसका उम्मेदवारहरुलाई स्थानियले भव्य स्वागत गरेका थिए । स्थानियले उनीहरुलाई त्यहाँको समस्याहरु सुनाएका थिए ।

खासगरि सुकुम्बासी बसोबास र खानेपानी अभावलाई त्यहाँका जनताले उम्मेदवारहरुसमक्ष राखेका थिए । उनीहरुको समस्या सुनिसकेपछि उम्मेदवारहरुले निर्वाचित भएपछि सम्पूर्ण क्षेत्रको समस्या समाधान गर्न आफुहरु लाग्ने प्रतिबद्धता जनाए । ‘यहाँ जनताको समस्यालाई बुझ्ने भनेकै काँग्रेसले मात्र हो । कम्युनिष्टहरु त आफ्नो अभिष्ट पुरा गर्नका लागि मात्रै लागिरहेको अहिलेको यथार्थ छ ।’ यज्ञबहादुर थापाले भने–‘त्यसैले काँग्रेसको चुनाव चिन्ह रुखमा भोट हालेर हामीलाई विजयी गराउनुहोस् ।’

थापाले आफु निर्वाचित भएर आएपछि जनताको समस्यालाई समाधान गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखि काम गर्ने वचनबद्धता दोहो¥याए ।

झुटको खेती गर्नेलाई होइन, सत्य बोल्नेलाई भोट दिनुस् : कृष्ण केसी

त्यस्तै काँग्रेसको तर्फबाट कास्की जिल्ला क्षेत्र नम्बर १ अन्तरगत प्रदेश ख मा उम्मेदवारी दिएका उम्मेदवार कृष्ण केसीले आफु निर्वाचित भएको खण्डमा अव्यवस्थित बसोबास गरिरहेकाहरुलाई लालपुर्जा उपलब्ध गराईदिने वचन दिएका छन् ।

घरदैलोको क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ मा पुगेका केसीले समस्या समाधानका लागि आफ्नो पक्षमा भोट गर्न सबैलाई आग्रह गरेका छन् । ‘म पनि झुट बोल्दिन, तपाईहरु पनि झुट नबोलिदिनुस ।’ उनले भने–‘म तपाईहरुको काम गर्छु, मलाइ जिताईदिनुस।’

कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक सरस्वती गुरुङ, जिल्ला सदस्य नवीन सिग्देल, अनिता तिमिल्सिना, क्षेत्र नं १ का सभापति बृजमान गुरुङ, नेपाल महिला संघ पोखरा लेखनाथ सभापति माया बराल, जलेश्वर आमा समुकी अध्यक्ष रमाना भण्डारी, प्रगतिशील टोल विकास संस्थाका अध्यक्ष अग्नीप्रसाद श्रेष्ठले बोलेका थिए।

यसैबीच, प्रदेशसभा सदस्य उम्मेदबार कृष्ण केसी शुक्रबार मादी गाउँपालिको ताङतिङ पुगेका छन् । उम्मेदबार केसीसँगै समानुपातिक उम्मेदबार रसकुमारी गुरुङ, क्षेत्र नं १ का सभापति बृजमान गुरुङले घरदैलोगर्दै काँग्रेसको पक्षमा भोट मागेका छन् ।

जनताको पक्षमा वकालत गर्ने पार्टी हो काँग्रेस : जीवन परियार

त्यसै गरी नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा कास्की क्षेत्र नं १ क प्रदेशका उम्मेदवार जीवन परियारले काग्रेस जनताको पक्षमा वकालन गर्ने पाटी भएकोले जनताको रोजाई काग्रेस बनेको दाबी गरेका छन् ।

आर्थिक विकास र समृद्ध क्षेत्र नं १, दिगो पर्यटन र कृषि आजको आवश्यकता रहेको उनले बताए । चुुनावी भेलालाई सम्वोधन गर्ने क्रममा घर दैलो अभियानमा जुटेका परियार लोकतन्त्रलाई स्थापित गर्न काँग्रेसको जीत आवश्यक रहेको बताए ।

कमेन्ट गर्नुहोस्
Share: