‘क्षेत्र नम्बर २ ‘क’ मा एक बुथमा ५० जना नेविसंघ’

277
0
Share:

बिग न्यूज
पोखरा, २४ कात्तिक । यसैगरि क्षेत्र नम्बर २ क का उम्मेदवार गुरुप्रसाद बरालको प्रचारमा सहयोग गर्ने गरि नेविसंघ जनप्रिय क्याम्पस ईकाई सभापति आशिक गुरुङको नेतृत्वमा विद्यार्थी परिचालन कमिटि गठन भएको छ ।

‘हरेक बुथमा ५० जना नेविसंघ’ भन्ने थिममा रहेर उनले विद्यार्थीहरुलाई परिचालन गरिरहेको जानकारी दिए । त्यस्तै उनले त्यस क्षेत्रका वडाहरुमा पनि आफु मातहत रहने गरि विद्यार्थी परिचालनको जिम्मा बाँडफाँट गरेका छन् । उनले वडा नम्बर १५ मा विवेक थापा, १७मा किशोर भण्डारी, २१ मा दीपक अधिकारी र ३३ मा विनय पौडेललाई विद्यार्थी परिचानको जिम्मेवारी सुम्पिएको बताए ।

कमेन्ट गर्नुहोस्
Share: