
पोखरा, १ मंसिर । कास्की, पर्वत र स्याङ्गको सिमानामा पर्ने पञ्चासेबाट पर्वत जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका मालेपाटनका दिपक गुरुङ्गको मृत्यु भएको छ ।

बालाचतुर्दशीमा पञ्चासे मेला सकेर पर्वतको कुस्मा जाँदै गरेको बस आर्थर नजिकैको कुस्मा नगरपालिका –१४ रेसको पाखामा शुक्रबार दिउँसो ४ बजे भिरबाट करीब १ सय ५० मिटर तल खसेको घटनास्थलमा रहेका प्रहरी नायव निरिक्षक भरत प्रसाद पौडेलले जानकारी दिए ।

बसमा सवार ४० यात्रु घाइते भएका छन । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइेतहरुको उद्दार गरि पोखरा पठाएको उद्दारमा संलग्न मनोज गुरुङ्गले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।

Pic. Facebook
कमेन्ट गर्नुहोस्
