नरेशको घरदैलो जारी, मतदाताले सोधे कुन चिन्हमा भोट हालौ ? 

Share:

४, मंसिर , पोखरा ।   स्वतन्त्र  उमेदवारी दिएका नरेश पालिखेको घरदैलो अभियान जारी छ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्यको र्निबाचनमा कास्की र्निबाचन क्षेत्र नं २ को १ बाट प्रदेश सभा सदस्य उमेदवारी दिएका पालिखेले पोखराको नागढुंगा, बसपार्क तथा नयाँबजार एरियामा सोमबार घरदैलो गरेका छन ।

नेपाली काग्रेसको लामो समय राजनिति गरेका पालिखेले जनतासंग आफु आफुलाई बालक चिन्हमा मतदान गर्न आग्रह गरेका छन । पोखरामा नयाँ अनुहार नभएकाले उनलाई सबैले चिन्छन । मत माग्न जाँदा कतिपयले रुखमा भोट हाल्ने हो भनेर सोधेका थिए । तर उनले आफुलाई अन्तिम समयमा आएर काग्रेस नेतृत्वले धोका दिएकाले स्वतन्त्र उमेदवारी दिएको भन्दै बालक चिन्हमा मतदान गर्न आग्रह गरे । यस अघि नगरपालिकाको उममेयरमा बिजयी भएका पालिखेलाई रुखमा भोट हालेर जिताएको बृद्ध मतदाताहरुले भनाई थियो । तर काग्रेसले निष्टा भन्दा पैसालाई महत्व दिएकाले आफुले बिद्रोह गरेर स्वतन्त्र उमेदवारी दिएको पालिखेले मतदातालाई भनेका थिए ।  निष्टा र बिकास आफुहरुको पहिलो प्राथमिकता रहेको उनको भनाई थियो । घरदैलोको क्रममा पालिखेले आफु पैसा कमाउनको लागि राजनितिमा नलागेकोले पैसा खर्च गरेर टिकट ल्याउन तयार नभएको बताए । अहिले पैसा नहुनेहरु राजनिति बाट अलग हुनुपर्ने सस्कार बिकास भएकाले त्यसको बिरोध स्वरुप आफुले उमेदवारी दिएकाले अत्याधिक मत दिएर बिजयी गराउन उनले सबैलाई आग्रह गरेका छन । राजनिति अन्याय अत्याचार र बिभेदका बिरुद्ध गर्ने हो, यदि अन्याय हुन्छ भने पार्टीका बिरुद्ध पनि बिद्रोह गर्ने आँट हुनुपर्छ – पालिखेको भनाई थियो । एक पटक राजनितिक दलहरु भित्रको कुरीती हटाउनको लागि सबैले सहयोग गर्न उनले आग्रह गरे ।

पालिखेको घरदैलोमा उल्लेख्य मानिसहरुको सहभागिता रहेको थियो । उनलाई स्वतन्त्र उमेदवारी दिएको भन्दै काग्रेसले कार्वाही समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: