पोखरा जेसीजमा सुवेदी

Share:

पोखरा, ४ मंसिर / सामाजिक तथा विविध कार्यमा संलग्न रहदै आएको पोखरा जेसीजको ३८ औं शाखा अधिवेशन तथा ४३ औं बार्षिक साधारणसभा भव्य समारोहको बिच सम्पन्न भएको छ । अध्यक्ष पदका बलिया प्रतिद्धन्दी जेसी शालिकराम गिरीलाई पछि पार्दै जेसी शिव सुवेदी निर्वाचित भएका हुन ।

जेसीजको कुल सदस्य संख्या १०३ भएपनि कुल खसेको ९२ मत मध्ये  २ मतको अग्रतामा सुवेदी निर्वाचित भएका थिए । सुवेदीको पक्षमा ४७ मत खसेको थियो भने बिपक्षी उम्मेदवार गिरीको पोल्टामा ४५ मत परेको थियो । कार्यकारी उपाध्यक्षमा उत्रिएका जेसीद्धय देवराज शर्मा र मोहन प्रसाद अधिकारी बिच भने १० मतको अग्रता कायम गर्दै देवराज शर्मा निर्वाचित भएका थिए ।

अध्यक्ष सल्लाहकारमा जेसी शालिक राम गिरी, कानुनी सल्लाहकारको लागि जेसी शिव सापकोटा, कार्यकारिणि उपाध्यक्षमा जेसी देवराज शर्मा, महासचिवमा जेसी गणेश गिरी, कोषाध्यक्षमा जेसी छवि पनेरु, सचिवमा जेसी शक्ति बढुवाल, उपाध्यक्षहरु जेसी अन्जनदेव ढकाल, जेसी शिव के.सि., जेसी सन्देश पराजुली, जेसी धननाथ सापकोटा, शाखा सम्पादकमा जेसी कुशल पौडेल, निर्देशकहरु जेसी शंकर कँडेल, जेसी सन्तोष ओझा, जेसी सन्तोष रानाभाट, जेसी सुरेन्द्र बाँस्तोला, बृद्धि सभापतिमा जेसी अनन्त प्रधानाङ्न, तालिम आयुक्तमा जेसी प्रकाश घिमिरे र शुक्रबारिय प्रवचनमा जेसी शिवराम अधिकारी चयन भएका हुन् ।

नव निर्वाचित अध्यक्ष सुवेदी युनाईटेड ईन्स्योरेन्सका पोखरा ब्रान्च म्यानेजर तथा मोटु पात्लु वेवी कलेक्सनका प्रोपाईटर हुन भने उपविजेता गिरी गण्डकी विकास बैँकको आई. टि. हेड हुन ।

कमेन्ट गर्नुहोस्
Share: