
बिग न्यूज
पोखरा, ८ मंसिर । बजार पसल सबै बन्द थिए । शुक्रबार सवारी साधन पनि निकै कम चलेका थिए । त्यसैले उम्मेदवारले पनि आफनो घरदैलो अभियानलाई बजारक्षेत्रभित्र सीमित राखे । कास्की क्षेत्र नं २ का प्रदेश सभा सदस्य खका उम्मेदवार विन्दुकुमार थापाले पोखरा महानगरपालिका वडा नं ८ र ९ मा घरदैलो गरे। नयाँ बजार र न्युरोड क्षेत्रमा उनले घरदैलो गर्दै नेपाली काँग्रेसको पक्षमा मत माग्दै हिँडे ।
नयाँबजारस्थित तमु समाजमा उनको भव्य स्वागत गरिएको थियो । गलाभरी खादा लगाई स्वागत गर्दै नयाँबजारबासीले उनको पक्षमा उभिने प्रतिबद्धता जनाए । गुरुङ समुदायले सम्मान गर्दा प्रयोग गरिने खादाले उनको गला भरिदाँ नेपाली काँग्रेसको पक्षमा जनमत देखिएको थियो ।
नयाँबजार तमु समाजमा गुरुङ समुदायलाई सम्बोधन गर्दै उम्मेदवार थापाले भने–“हामी भित्रको म, सबै अट्ने नेपाली काँग्रेस ।
नेपाली काँग्रेसको जितले सँस्कृति संरक्षणमा टेवा पुग्ने छ ।” समाज बहुजातिय बहुभाषिक र बहुसाँस्तिक भएको उल्लेख गर्दै उनले सबै जातिय समाजको सस्कृति संरक्षणमा आफनो अहम भूमिका हुने विश्वास व्यक्त गरे । उनको घरदैलोमा नयाँबजार तया न्युरोडबासीको उत्साहजनक सहभागिताले पनि उनलाई उर्जा मिलेको थिए । शनिबार थापाले अर्मलामा आफनो घरदैलो कार्यक्रमलाई निरन्तरता दिने छन् ।
