दाङसिङबासीले गरे काँग्रेसलाई जिताउने वाचा

Share:

बिग न्यूज
पोखरा, ८ मंसिर । कास्की क्षेत्र नम्बर ३ मा काँग्रेसबाट प्रतिनीधिसभातर्फबाट उम्मेदवारी दिएका शुक्रराज शर्मा र प्रदेश ‘ख’बाट उम्मेदवारी दिएका शिकन्दर गुरुङ ‘भोजे’ शुक्रबार घरदैलोको क्रममा दाङसिङ पुगेका छन् । कास्कीको उत्तरी भेगमा पर्ने दाङसिङ पुगेर उनीहरुले त्यहाँका मतदाताहरुसँग काँग्रेसको पक्षमा भोट हालेर आफूहरुलाई जिताउन आग्रह गरे ।

गुरुङ समुदायको बाहुल्यता रहेको दाङसिङमा काँग्रेसका उम्मेदवारहरु पुग्दा त्यहाँका मतदाताहरुले निकै भव्य स्वागत गरेका थिए । त्यहाँका प्रत्येक घरदैलोमा पुग्दै उम्मेदवारहरुले उनीहरुलाई आफ्नो पक्षमा भोट मागिरहँदा स्थानियले पनि भोट दिने वाचा गरे ।

मतदाताहरुसँग भोट मागिरहँदा प्रतिनीधिसभा उम्मेदवार शुक्रराज शर्माले आफू सम्बृद्धि, विकास र नागरिकको स्वतन्त्रको पक्षमा उभिएको बताए । ‘म नेपाली काँग्रेसको सिद्धान्त बेगर छैन । नेपाली काँग्रेसले लिएर लोकतन्त्र र सम्बृद्धिको नारा मेरो पनि नारा हो । त्यसैले काँग्रेसको पक्षमा भोट हालेर मलाई जिताउनुहोला ।’ उनले दाबाका साथ भने–‘देश र जनताको भलाई काँग्रेसलाई भोट हाल्नुमा मात्रै छ ।’

त्यस्तै उनीसँगै घरदैलोमा दाङसिङ पुगेका प्रदेशसभा उम्मेदवार शिकन्दर गुरुङ ‘भोजे’ले आफुलाई जनताको हलीको रुपमा निर्वाचित भएपछि पनि पेश गर्ने दाबी गरे । ‘म अरुले जस्तो मिलाएर बोल्दिन होला । तर म जनताको पक्षमा सँधै वकालत गरिरहनेछु । र, जनताको हर दुखमा साथ दिन तयार छु ।’ उनले भने–‘त्यसैले काँग्रेसको पक्षमा भोट हालेर मलाई जिताउनुहोला ।’

त्यस्तै प्रदेश ‘क’तर्फकी उम्मेदवार शारदा पौडेलले हेमजामा घरदैलो अभियानलाई तिव्रता दिईरहेकी छन् । विहिबारदेखि उनी हेमजाबासीहरुसँग उनीहरुको घर घरमा पुगेर भेटघाट गर्दै आफ्नो पक्षमा भोट मागिरहेकी छन् ।

कमेन्ट गर्नुहोस्
Share: