
बिग न्यूज
पोखरा, १५ मंसिर । नेपाली काँग्रेस क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदवार शुक्रराज शर्मा र प्रदेश सभा(क) तर्फकी उम्मेदवार शारदा पौडेल माछापुच्छ«े गाउँपालिकामा घरदैलोमा व्यस्त छन्। शर्मा र पौडेलले शुक्रवार माछापुच्छ«े गाउँपालिका वडा नं. ८ र ९ का मतदातासँग प्रत्यक्ष भेट गरी रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।
उनीहरु खोराकोमुख, नयाँपुल, आनन्द ठाटी, रिभान, ल्वाङ घलेल, सिदिङमा घरदैलोमा नै व्यस्त रहे। घरदैलोको क्रममा मतदाताले फुल माला लगाई विजयको शुभकामना दिएका थिए।
मतदाता क्षेत्र नं. ३ ले पुराना नेता उम्मेदवारको रुपमा पाएको भन्दै जिताउन लागि पर्ने बताएका थिए।
घरदैलोसँग विभिन्न ठाउँमा चनुावी सभा समेत गरिएको थियो। चुनवी सभामा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार शुक्रराज शर्माले यस क्षेत्रको मुहार फेर्नेका लागि पनि आफू आएको बताएका थिए।
‘यस क्षेत्रको आमूल परिवर्तन गर्ने योजनाका साथ काँग्रेस आएको छ’–शर्माले भने–‘त्यसैले पनि रुख चिन्ह्मा मतदान गरी विजयी गराउनुहुन यहाँका मतदातासँग म अनुरोध गर्दछु।’ यस क्षेत्रमा भएकाबाटोलाई पक्की बनाउदै वाह्ैमासे यातायातका सधान चल्ने बनाउन योजनाका साथ हामीहरु तपाईमाझँ आएकोले पनि यहाँको अमूल्य मत पाउनेमा विश्वास लिएको उनले सुनाए।
‘यस क्षेत्रको विकासका लागि यहाँका मानिसहरुलाई वजारबाट गाउँमा नै केन्द्रित गर्नुपर्दछ त्यसको लागि यस क्षेत्रमा निरन्तर यातायातका साधन चल्ने बनाउनु जरुरी छ’–शर्माले भने–‘वजारका मानिसलाई गाउँ फर्काउने योजनाका साथ सकल्प गरेर हामी तपाईहरुका माँझ आएका छौ। यहाँहरुले मत दिनुहोस् हामी तपाईलाहरुलाई विकास सहित समृद्धि दिन्छौ।’
आफू कहिल्यै घुस नखाने स्पट पार्दै विकास निर्माणमा आएको रकम कसैलाई पनि हिनाविना गर्न नदिने उनले स्पष्ट पारे। ‘हामीलाई तपाईहरुले मात्र भोट दिएर प्रतिनिधि बनाईदिनुहोस्। हामी घुस खान्नौ र कसैलाई घुस खान पनि दिन्नौ’–शर्माले भने–‘योजनामा परेको रकम सवै योजनामा नै खर्च गर्ने परिपाटीको विकास गर्ने छौ त्यसपछि यो क्षेत्रले विकासमा फड्को मार्ने छ।’ काँग्रेसको उदार अर्थनितिका कारण पनि विदेश लगानी यस क्षेत्रमा भित्रयाउन सकिने भएकोले पनि यस पटक रुख चिन्ह्मा नै मतदान गर्न उनले आग्रह गरे।
प्रदेश सभा (क) कि उम्मेदवार शारदा पौडेलले यस क्षेत्रको विकासका लागि काँग्रेसको विकल्पन नभएको बताइन्। ‘विकास समृद्धि चाहाने पार्टी भनेकै काँग्रेस हो’–पौडेलले भनिन्–‘यसकारण पनि विकासका लागि रुख चिन्ह्मा मतदान गनुहोस्।’
यस क्षेत्रको विकासकै लागि मेरो उम्मेदवारी भएकोले यहाँहरुले अवश्य पनि मत हाली विजयी गराइदिनुहुन्छ भन्ने विश्वास लिएको उनले बताइन्। यस्तै प्रदेश सभा(ख) का उम्मेदवार सिकन्दर गुरुङ ‘भोजबहादुर’ पनि घरदैलोमा नै व्यस्त छन्। उनले मतदातलाई प्रत्यक्ष भेट गरी रुख चिन्ह्मा मतदान गर्न आग्रह गरेका छन्। घरदैलो तथा चुनावी सभामा काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ।
