
पोखरा, १८ मंसीर / कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्य राजकाजी गुरुङ ‘करण’ले जनताले आफूलाई न्याय दिने बताएका छन् ।
सोमबार लामाचौरमा अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले त्याग, बलिदान र राजनीतिक संस्कार बोकेको व्यक्तिलाई चुन्ने कि पैसा पैसा भनेर सँधै पैसाकै लागि भनेर दौडिने ब्यापारी चुन्ने ? जनताले बुझेर आफूलाई न्याय दिने बताएका हुन् ।
दलित, जनजाति र उत्पीडित समुदायको न्यायको लागि जीवनलाई हतियारको धारमा राखेर गोलाबारुद लिएर लड्दा जग्गाको बित्ता नाप्दै पैसाको मूठो समात्ने व्यक्तिसँग आफ्नो प्रतिष्पर्धा हुनै नसक्ने बताउँदै उनले भने,‘जनता न्यायका प्रतिमूर्ति हुन्, को कस्तो हो भनेर सबैले चिनकै छन्, मलाई जनताले न्याय दिएर बिजयी गराउने छन् भन्नेमा म बिश्वस्त छु ।’
आफू तमाम आदिवासी, जनजाति, दलित, उत्पिडित, मजदुरदेखी आर्य, खस आर्य सबै समुदायको प्रतिनीधि भएकाले सबैले माया गरेर भोट हाल्ने उनको विश्वास छ । आफू बिजयी भए शहरलाई ब्यबस्थित बनाउँदै ग्रामिण क्षेत्रको समुचित विकास गर्ने बताए ।
