गाजामा इजरायलको ७ घण्टे युद्धबिराम

Share:

साउन १९ – इजरायलले गाजा क्षेत्रमा सात घण्टे युद्धबिरामको घोषणा गरेको छ । मानवताको आधारमा गाजापट्टीका सबै क्षेत्रमा स्थानीय समय अनुसार बिहान १० बजेदेखि युद्धबिराम लागू हुने इजरायली सेनाले जनाएको छ ।

तर सेनाले पछिल्लो समय संघर्ष चर्किएको पूर्वी रफाहमा भने युद्धबिराम लागू नहुने स्पष्ट पारेको छ । गाजा क्षेत्रका मानवीय सहायता पु¥याउने कामलाई सहयोग गर्नका लागि युद्धबिरामको घोषणा गरिएको तर यो अवधिमा आफूमाथि हुने आक्रमणको प्रतिकार गरिने सेनाले जनाएको छ ।

यस्तै इजरायली सेनाले गाजापट्टिका धेरै ठाउँबाट सुरक्षाकर्मी फिर्ता बोलाइएको जनाएको छ । सैन्य कारबाहीको पुनर्मुल्यांकनका लागि अस्थायी रुपमा सुरक्षाफौजलाई फिर्ता बोलाइएको सेनाको दावी छ ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले आइतबार गाजामा विद्यालयमाथि भएको आक्रमणलाई नैतिक अत्याचार र जघन्य अपराध भन्दै निन्दा गर्नुभएको छ । उहाँले आक्रमणबाट अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भएको भन्दै यस्तो पागलपन तत्काल रोक्नुपर्ने टिप्पणी गर्नुभयो । गाजामा संयुक्त राष्ट्रले सञ्चालन गरेको विद्यालयमा आइतबार आक्रमण हुँदा १० जनाको ज्यान गएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: