ढुंगेसाघु मेलामा यो पटक नयाँपन

Share:

पुष २८ । पोखरा । पोखरा– लेखनाथ  १७ महतगौडामा हरेक बर्ष माघेसंक्रान्तीमा लाग्ने मेलामा यो पटक केही नयाँपन देखिने भएको छ । स्वतस्फुर्त रुपमा तिन जिल्लाका मानिसहरु माघेसंक्रान्तीको दिनमा सिताघाटमा स्नान गर्न र मेला भर्न आउने गर्दछन ।

कहिले देखि मेलाा लाग्यो भन्ने एकिन प्रमाण नभएपनि प्राप्त पछिल्लो प्रमाणका आधारमा दुई सय दश बर्ष अगाडी बाट मेला लाग्ने गरेको उक्त स्थानमा यो पटक मेलालाई ब्यबस्थित बनाइएको शदाशिबजी सिद्धेश्वर हरिहर मन्दीर ब्यबस्थापन समितिका अध्यक्ष ऋृषिराम भण्डारीले जानकारी दिए । हरेक बर्ष मन्दीरले माघेमेलाको ब्यबस्थापन गर्दे आएपनि यो पटक ब्यबस्थित तरिकाले मन्दीर परिसरमा मेला लाग्ने भएको छ । अन्य बर्षहरुमा मानिसहरु अन्यत्र जम्मा हुने भएपनि यो पटक स्नान तथा मेला भर्न आउने भक्तजनहरुलाई मन्दीरु भित्र रहेको करिव ३० रोपनी क्षेत्रफलमै ब्यबस्थित गरिएको छ ।

मेलामा यो बर्ष बाट पिङ्ग तथा बाल उद्यानको पनि ब्यबस्था गरिएको छ । अन्य ब्यापारीक स्टल, निशुलक सातु तथा तरुल बितरण , कराँते प्रतियोगिता पनि आयोजना गरिएको भण्डारीले जानकारी दिए । माघेसंक्रान्ती मेलाकै रुपमा चर्चित उक्त क्षेत्रमा रहेको शदाशिबजी हरिहर मन्दीरमा पनि बिषेश भजनकृतनको पनि ब्यबस्था गरिएको आयोजकले जानकारी दिएको छ । मेलाको तयारी तिब्र रुपमा भैरहेको बताइएको छ ।

कराँते प्रतियोगिता

पनि माघे मेलामा हरेक बर्ष झै यो बर्ष पनि स्टोङ्गेस क्युकोसिन कराँते प्रतियोगिता हुने भएका छ ।

मेला लाग्ने दिन माघ १ गते उक्त क्षेत्रमा नेपाल स्ट्रोस्ङ्गेस कराँते संघ कास्की र क्योकोसिन काइकान कराँते संघ कास्कीको आयोजनामा प्रतियोगिता हुन लागेको हो । बिभिन्न पाँच ईभेन्टमा हुने प्रतियोगितामा महिला र पुरुष गरि ८० जना खेलाडी सहभागि हुने संघका उपाध्यक्ष रन्त बहादुर आलेमगरले जानकारी दिए । प्रतियोगितामा तिन जना बिदेशी खेलाडी पनि सहभागि हुने आलेले जानकारी दिए । खेलका अतिरिक्त नृत्य तथा डेमोस्ट्रेसन पनि हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितालाई मिलिजुली डेकोरेशन सिष्टम, रामबजार र बिदेशमा रहेका  प्रकाश थापामगर र शंकर नेपालीले सहयोग गरेका छन । प्र्रतियोगिताका बिजेतालाई चाँदीको सिल्ड, मेडल तथा प्रमाणपत्र पनि दिईने बताईएको छ ।

कमेन्ट गर्नुहोस्
Share: