
पोखरा , माघ १, स्थापनाको १८ औ बशन्त पार गरेको अबसरमा कान्तिपुर डेन्टल हस्पीटलले माघ महिनाभर बिभिन्न मुख स्वास्थ्य संबन्धी कार्यक्रमहरु गने भएको छ ।
काठमान्डौमा मुख्य कार्यालय रहेको हस्पिटलले पोखरामा पनि शाखा कार्यालय स्थापना गरेको छ । कान्तिपुर ईन्च्युट अफ हेल्थ साईन्सेस पनि सुरु गरेको तिन बर्ष पुरा भएको पोखरा कार्यालयका म्यानेजर सिता श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिईन । बिस्व स्वास्थ्य संगठनका अनुसार दाँत संबन्धी उपचार नेपालको लागि महगों र औसत उपचारका रुपमा लिने गरिएकोले धेरै मानिसहरु दाँत वा मुख स्वास्थ्य समस्याले ग्रसित भएका प्रमुख श्रेष्ठले सो अबसरमा जानकारी दिईन ।
हस्पिटलले माघ महिनामा उपचार प्रणाली र मुख तथा दाँत रोगको बारेमा भएको भ्रम चिर्ने उद्धेश्यले बिभिन्न कार्यक्रम गर्न लागेको दावि गरेको छ । एक महिनाभर हस्पिटलमा उपचारका लागि आउने बिरामीहरुलाई बिषेश छुट दिने , एक दिने मुख तथा दन्त रोग बारे अभिमुखिकरण कार्यक्रम,आमा समुहहरुलाई तालिम, कलेजमा अध्ययनरत बिद्यार्थिहरुका बुद्धिचाल, टेवलटेनिस,जस्ता खेलहरु पनि खेलाईने बताईएको छ । कान्तिपुरले यो पटक नियमित बिहान बेलुका दाँत माझनुका साथै कम्तीमा बर्षको एक पटक मेशिन द्धारा सम्पुर्ण मुखको सरसफाई गरि रोग बाट बच्न सकिन्छ भन्ने मुल नारा लिएर कार्यक्रमहरु तय गरेको अस्पतालले जनाएको छ ।
