सडक यातायात पत्रकारिता पुरस्कार पोख्ररेललाई

Share:

पोखरा २० साउन । पोखरा बस व्यवसायी समितिले प्रत्येक वर्ष प्रदान गर्दै आएको सडक यातायात व्यवसायीक पत्रकारिता पुरस्कार नागरिक दैनिकका पोखरा संवाददाता सन्तोष पोखरेललाई प्रदान गर्ने भएको छ ।

पुरस्कार प्रतिभा छनौट समितिका संयोजक नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पोखरा बस व्यवसायी समितिका अध्यक्ष महाप्रसाद सुवेदी र पूर्व अध्यक्ष देउ प्रसाद गुरुङ रहेको समितिले उनलाई पुरस्कारका लागी सिफारिस गरिएको हो ।

पोखरा बस व्यवसायी समितिले वर्ष भरि उत्कृष्ट सडक समाचार लेख्नेलाई प्रदान गर्दै आएको छ । पुरस्कार साउन २३ गते हुने पोखरा बस व्यवसायी समितिको २२ औ वार्षिक साधारण सभा तथा १२ औ अधिवेशन समारोहमा पोख्ररेललाई पुरस्कार वितरण गरिने पोखरा बस व्यवसायीक समितिका अध्यक्ष माहा प्रसाद सुबेदीले जानकारी दिए । पुरस्कार १० हजार नगद, दोसल्ला र सम्मानपत्रबाट रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: