
बिग खबर
न्यूजिल्याण्ड, १० बैशाख । नेपाली नयाँबर्षको अवसरमा न्यूजिल्याण्डको अकल्याण्डमा विशेष कार्यक्रम सम्पन्न भएको छ । आपसमा नेपाली नयाँ बर्ष मनाउने र न्यूजिल्याण्डमा रहेका नेपालीहरुमाझ भातृत्वको भावना विकास गर्ने उद्देश्यसहित सो कार्यक्रम भएको थियो ।
न्यूजिल्याण्ड नेपाल सोसाइटीको आयोजनामा भएको विशेष नयाँबर्ष कार्यक्रममा न्यूजिल्याण्डमा भएका नेपालीहरुको बाक्लो उपस्थिती रह्यो । न्यूजिल्याण्डमा रहेका नेपालीहरु आपसमा नयाँबर्षको शुभकामना आदानप्रदान गर्दै रमाईलो कार्यक्रमको मनोरञ्जन लिए ।
विदेशमा रहँदा नेपालको सम्झनाले सताउने हुँदा त्यस्तो न्यास्रोपन हटाउनका लागि पनि नेपालीहरुबीचको रमाईलो भेटघाटको अवसर हामीले जुराएका हौँ । आयोजक न्यूजिल्याण्ड नेपाल सोसाइटीका अध्यक्ष दिनेश खड्काले भने, हामी हाम्रो उद्देश्यमा सफल पनि भयौँ । आपसमा नेपालीहरु एकैठाऊँमा बसेर नयाँबर्ष मनाउँदा उनीहरु निकै खुशी भएको आयोजकले बताएको छ ।
करिब ५ घण्टासम्म चलेको नयाँबर्ष विशेष कार्यक्रमलाई गंगा आलेले संचालन गरेका थिए । कार्यक्रममा न्यूजिल्याण्डकै संसद माइकल ऊड प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।

