ब्रेकिङ न्युजः पोखरामा यतिको जहाज ठूलो दुर्घटनाबाट जोगियो

Share:

पोखरा विमानस्थलमा अपरान्ह पौने ३ बजे ल्याण्ड गर्ने क्रममा यति एयरलाइन्सको जहाजले धावनमार्ग छाडेको छ । काठमाण्डौबाट पोखरा आएको फ्लाईट ६८१ नम्बरको जेट स्ट्रिम जहाज ल्याण्डपछि टर्निङका क्रममा हाइड्रोलिक फेलर भएपछि घाँसे मैदानमा पुगेको हो ।

रनवे पिचबाट २० मिटर टाढा घाँसे मैदानमा पुगेको विमानस्थल श्रोतले जनाएको छ । विमानमा ३० यात्रु सवार रहेको बुझिएको छ । यतिको जहाज ठूलो दुर्घटनाबाट जोगिएको हो । पोखरामा लगत्तै पानी परेको छ ।

थप विवरण आउन बाँकी ।

तस्विरः भानु पराजुलीको फेसबुकबाट

कमेन्ट गर्नुहोस्
Share: