
पोखरा, २ साउन /प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गण्डकी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधन कार्यतालिका तयार गरिसकेको छ ।
उनले अधिकांश प्रदेशसभामा सम्बोधन गरिसकेका छन् । नयाँ संरचना बनेपछि पहिलो पटक प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्न लागेका हुन् ।
पोखरा विश्व विद्यालयको १९ औ बैठकमा भाग लिन आउन लागेका प्रधानमन्त्रीले बैठक पछि प्रदेश सभालाई सम्बोधन गर्ने छन् ।
कमेन्ट गर्नुहोस्
