नेपाली चलचित्रमा नयाँ अनुहारसगै चलचित्र चिमुसिचि दोस्रो साता देखि प्रदर्शनमा आउँदै

Share:

०१ श्रावण,पोखरा,

आउँदो श्रावण ११ गतेको प्रदर्शन मिति तोकेको नेपाली चलचित्र चिमुसिचि ले नेपाली चलचित्र क्षेत्रमा नयाँ कलाकार भित्राएको छ ।नायक सुनिल क्षेत्री र नायिका अलिसा शर्मा दुवैले मुख्य पात्रको रुपमा डेब्यु गर्न लागेको चलचित्र ञचिमुसिचिझ दोस्रो साता देखि प्रदर्शनमा आउँदै छ ।

चलचित्र चिमुसिचिको निर्देशन दिनेश क्षेत्रीले गरेका छन ।महानायक राजेश हमाललाई चलचित्र शकुन्तला मा महिलाको भुमिकामा उतारेका उनले कामचोर समेत निर्देशन गरिसकेका छन् ।चलचित्रको बारेमा जानकारी दिने उदेश्यले पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लेखक एवम निर्देशक दिनेश क्षेत्रीले दर्शकले आफ्नो चलचित्रलाई मन पराउने र हलसम्म पुग्नेमा आफू आशावादी रहेको बताए ।त्यसो त उनले चलचित्रको नाम हास्यब्याङ्ग्य प्रकारको भएपनी चलचित्र भने ड्रामारुपि,कमेडी र सस्पेन्स जनराको भएको बताए ।

म्युजिकल प्रकारको चलचित्र भएकाले आबद्ध कलाकार पनि म्युजिकल क्षेत्र कै रहेको जनाईएको छ ।यसै चलचित्रबाट नेपाल आईडल कि टप ५ कन्टेस्टेन्ट सुजाता पाण्डेले समेत प्ले ब्याक सिङगरको रुपमा डेब्यु गरेकी छन् ।

कमेन्ट गर्नुहोस्
Share: