कान्साई नेरोल्याक पेन्ट्सले किंग खान नेपाल ल्याउने

Share:

काठमाडौं, साउन २३ – बलिउडका किंग खान शाहरुख नेपाल आउने भएका छन् । उनी नेपाल आएर नेपाली फ्यानहरुसँग मज्जाले नाच्नेछन् ।

कान्साई नेरोल्याक पेन्ट्सले आयोजना गर्ने एक कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेको हुन् । कान्साई नेरोल्याकको ‘डान्स विथ डन’ नामको स्किममा बिजेताहरुले नायक शाहरुखसँग भेट्ने र सँगै नाच्ने अवसर पाउनेछन् । शाहरुक नेरोल्याक पेन्ट्सको ब्रान्ड एम्बेसडर हुन् ।

नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गर्दै पेन्ट्ले डानस विथ डन स्किम बजारमा ल्याएको छ । यो स्किमको बारेमा जानकारी गराउदै नेरोल्याक पेन्ट्सका नेपाल प्रमुख सत्य प्रकाशले भने ‘दशैंपछि शाहरुख डान्स विथ डनका लागि नेपाल आउनेछन’। उनका अनुसार शाहरुख कात्तिकमा नेपाल आउने छन् । तर दिन भने तोकिन बाँकी छ ।

भर्खरै सार्वजनिक गरिएको यो योजनाअनुसार प्रत्येक २५ हजार रुपैयाँको पेन्ट्स खरिदमा एउटा स्क्रयाच कार्ड प्राप्त गर्न सकिनेछ । कार्डलाई स्क्रयाच गरी एलइडी टिभी, फ्रिज, मोबाईल, घडी तथा शाहरुख खानको सिग्नेचर भएको पेनहरु पनि प्राप्त गर्न सकनेछ ।

कमेन्ट गर्नुहोस्
Share: