मलेठ घटनाको प्रतिवेदन विरुद्ध राजपा आन्दोलन सुरु

Share:

सप्तरी,४ साउन ।राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीको मलेठमा भएको घटना बारे सार्वजनिक गरेको प्रतिवेदनविरुद्ध राष्ट्रिय जनता पार्टीले आन्दोलन सुरु गरेको छ ।

प्रतिवेदन पूर्वाग्रही रहेकोले खारेजीको माग गर्दै उनीहरुले शुक्रवार राजविराज–रुपनी सडक खण्ड अन्तर्गत मलेठमा धर्ना बसेर एक घण्टा चक्काजाम गरेका हुन् ।सुरक्षाकर्मीको गैर–जिम्मेवारीका कारण घटना भएको छर्लङ्ग रहदा पनि आयोगले पूर्वाग्रही तवरले तयार पारेको प्रतिवेदन खारेजी नभएसम्म आन्दोलन नरोकिने उनीहरुले चेतावनी दिएका छन् ।

२०७३ साल फागुन २३ गते भएको मलेठ घटनामा प्रहरीको गोली लागेर आनन्द साह, पिताम्वर मण्डल, विरेन्द्र महतो, इनर यादव र संजन मेहता गरी पाँच जनाको मृत्यु भएको थियो । आन्दोलनमा दर्जनौं व्यक्ति घाइते भएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: