
पर्वतको मोदी गाऊँपालिका – ६ तिलाहारमा चाउचाउ पकाउने क्रममा जलेर एक बालकको मृत्यु भएको छ ।
साविकको तिलहार गाबिसका पुर्व अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पर्वत जिल्ला नेता लोकेन्द्रजंग लामिछानेका ११ बर्षिय छोरा एञ्जलजंग लामिछानेको शनिबार मृत्यु भएको हो । मृतक लामिछानेका एक मात्र छोरा हुन । उनका दुई दिदी छन् ।
साउन ६ गते चाउचाउ पकाउन ग्याँस बाल्ने क्रममा शरीरमा आगो सल्किएर गम्भीर घाइते भएका लामिछानेको काठमाडौं किर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चाउचाउ पकाउन ग्याँस बाल्ने क्रममा खुल्लै छाडेर सलाई खोजेर बाल्ने क्रममा शरीरमा आगो सल्किएको छिमेकीले बताएका छन् ।
घाइते भएका बालक लामिछानेलाई उपचारका लागि पोखरा ल्याईएकोमा थप उपचारका लागि किर्तीपुर अस्पतालमा पु¥याइएको थियो । लामिछाने स्थानिय नवजागृत माबि तिलहारमा ५ कक्षामा अध्ययनरत थिए । मृतकका बाबु लोकेन्द्रजंग लामिछाने सोही बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हुन् ।
लामिछानेको निधनमा बिद्यालयले शोक मनाएर एक दिन आइतबार बिद्यालय बन्द गरेको प्रधानाध्यापक बिष्णुप्रसाद सुबेदीले जानकारी दिए ।
