
१५ साउन,पोखरा । नेपाली कांग्रेसले पोखराको चिप्लेढुंगामा सरकारविरुद्ध प्रर्दशन गरेको छ । पृथ्वीचोकदेखिे विरोध र्याली सुरु गरी चिप्लेढुंगामा पुगेर कोण सभा गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवाद शैलीको विरोध र महंगीको विरोधमा कांग्रेस सडकमा उत्रीएको हो ।जुलुसका सहभागीले कम्युनिष्ट सर्वसत्तावाद मुर्दावाद, उखान तुक्का बन्द गर, मार्सी चामल खाएर जनता मार्न पाइदैन, मूल्य बृद्धि फिर्ता गरलगायतका नाराहरु लगाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागे । नेपाली चेलीमाथि तुच्छ आरोप लगाउने कानून मन्त्री शेरबहादुर तामाङको केसमा प्रधानमन्त्री पनि जिम्मेवार भएकाले ओलीले राजीनामा दिनुपर्ने उनको भनाई थियो ।उनले वाइड बडी विमान खरिदमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले करोडौं भ्रष्टाचार गरेको भन्दै कारबाहीको माग गरे ।नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले कांग्रेसका कुरा गर्न वर्तमान सरकारलाई जरुरि नरहेको र जनता माथि थुपारिएको कर,जनविरोधी कार्यक्रम र बढिरहेको महँङ्गीले गर्दा ओली सरकार सरकारमा रहन सक्ने सम्भावना कम स्वयम् आफै बनाएको बताए ।
नेता केसीले देशब्यापी रुपमा गरिएको विरोध कार्यक्रम कुर्सि खोस्न नभई सचेत गराउन मात्र आयोजना गरिएको बताए । उनले ओलीलाइ प्रश्न गर्दै थपे चुनावको बेलामा बृद्धभत्त पाँच हजार पुराउछु भन्नि ओलीको वाचा कँहा गयो ? तत्कालिन कम्युनिष्ट पार्टि एमालेबाट जितेका स्थानीय प्रतिनिधि जनताको सेवामा भन्दा पनि आफ्नो भत्ता कसरी बढ्छ भन्नेमा लागिपरेको केसीले थपे ।
गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले कांग्रेसको वर्तमान आन्दोलन सांकेतिक मात्रै भएको बताए । पूर्वकानूनमन्त्री तथा कांग्रेस नेता यज्ञबहादुर थापाले सरकारले माफियालाई पोस्ने र गरीब जनताको ढाड सेक्ने गरेको आरोप लगाए ।
तस्बिर-अनुप पौडेल/बिग.एफ.एम



