
पोखरा, साउन १६ ।
पोखरा महानगपालिका कार्यालयले कर्मचारीलाई लक्षित गरेर बस सेवा संचालन गरेको छ । पोखरा महानगरपालिका अन्तर्गत कार्यरत कर्मचारीको सुविधा, समयमा नियमितता, एकरुपता तथा सुरक्षालाई ध्यानमा राखी आजदेखी सेवा सुरु गरिएको महानगरका प्रमुख प्रशाशकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए ।वस सेवाको सुविधा जनप्रतिनिधिहरुले पनि उपयोग गर्न सक्नेछन् ।
सार्वजनिक विदाको दिन वाहेक हरेक दिन विहान ९.१५ बजे बेगनासताल बाट बस छुट्ने पौडेलको भनाई छ ।बेगनासतालवाट, तालचोक, पृथ्वीचोक, एयरपोर्ट, बिरौटा, राष्ट्रबैंक चोक, रत्नचोक हुँदै महानगरपालिका कार्यालय न्यूरोडसम्म वसको रुट तय गरिएको छ ।
FILE PHOTO
कमेन्ट गर्नुहोस्
