
पोखरा,१६ साउन ।पोखरा विश्व विद्यालयबाट अनुबन्धन प्राप्त गरी विगत १८ वर्षबाट शिक्षण सेवामा समर्पित पोखराको सिमलचौरमा रहेको ला ग्राण्डी इन्टरनेशनल कलेजले दोश्रो ला ग्राण्डी एक्स्पो २०१८ गर्ने भएको छ । ‘बृजिङ्ग एकेडेमिया टु कम्युनिटी’ भन्ने नाराका साथ आउदो १८ र १९ गते उक्त एक्स्पोको आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
विद्यार्थीको प्रतिभा प्रदर्शन,क्षमता अभिवृद्धि,सुचना प्रविधी,स्वास्थ्य क्षेत्रको महत्त्व र अवसरबारे सचेतना जगाउन,शैक्षिक संस्थाहरु बिचको सम्बन्धलाई अर्थपूर्ण बनाउन,विद्यार्थीहरु बिच उत्तरदायित्व बहन गराउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको ला ग्रान्डिका प्रिन्सिपल इन्जिनियर किरण के.सीले जानकारी दिएका छन ।
कार्यक्रममा सफ्टवेयर प्रतियोगिता,स्वास्थ्य सम्बन्धि कार्यशाला,सास्कृतिक प्रदर्शनी,अन्तर कलेज प्रतियोगिता लगायतका कार्यक्रम गर्न लागिएको केसीले बताए ।दुई दिने प्रदर्शनमा एक्सपर्ट एजिकेशन एण्ड भिजा सर्भिसेजले मुख्य प्रायोजन गरेको छ ।उक्त एक्स्पोको पहिलो संस्करण सन २०१० मा भएको थियो ।
