
पोखरा, २१ साउन ।पोखरामा ८ जना युवा व्यवसायहिरुको लगानीमा पोखराको महेन्द्रपुलमा मोबाइल टावर सञ्चालनमा आएको छ । सञ्चालनमा आएको उक्त मोबाइल टावर प्रदेश कै ठुलो भएको दाबी समेत गरिएको छ । हाल अनौपचारिक रुपमा सेवा दिइरहेको टावरलाई भदौ १७ गते औपचारिक उद्घाटन गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा पोखरा टावर प्रालिका अध्यक्ष उदय केसीले जानकारी दिए ।
पोखरा मोबाइल टावरको शुभारम्भको अवसरमा भदौ १७ देखि २७ गतेसम्म ११ दिन पोखरा टावर मोवाइल एक्स्पो समेत आयोजना गरिएको छ । टावरमा ८० वटा भन्दा बढी मोबाइलका होलसेट र रिटेल पसल छन् । मेलामा विभिन्न कम्पनीका मोवाइलमा ५० प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ ।
हरेक दिन लक्की ड्रका आधारमा ५ जनालाई आकर्षक उपहार र मेलाको अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइने सचिव नारायण सुवेदीले जानकारी दिए । ‘मेलाकै सहभागीमध्येबाट आउँदो तिहारमा एक जनालाई बम्पर उपहारसमेत प्रदान गरिने समेत जनाईएको छ ।
मेलामा ल्यापटप तथा कम्प्युटरका शोरुम, इलेक्ट्रोनिक्स ग्याजेट, आइटीका नयाँ प्रविधि आदिबारे पनि जानकारी दिइनेछ । मेला अवधिभर टावरमा बिहान १० बजेदेखि साँझ ८ बजेसम्म चल्नेछ । मेला नभएका बेलमा टावर बिहान ८ बजेदेखि राति ९ बजेसम्म खुला हुने छ ।
