लेखा व्यवस्थापनमा जुटदै कास्की जिल्लाका ज्येष्ठ नागरिकहरु

Share:

पोखरा, २८ साउन । कास्की जिल्लाका हेम्जा,रिभान,सराङकोट,लुम्ले,पुम्दीभुम्दी,निर्मलपोखरी,थुमाकोडाडाका ज्येष्ठ नागरिक समितिका सदस्यहरु लेखा अभिलेखन तथा व्यवस्थापन तालिममा सहभागि भएका छन ।

ज्येष्ठ नागरिक समुहका सदस्यहरुको क्षमता अभिवृद्धीको गरी ज्येष्ठ नागरिक समुहको हिसाव किताव व्यवस्थित रुपमा सञ्चालन गर्ने उदेस्यका साथ कम्युनिटी सर्पोट ग्रुप पोखराको आयोजना तथा हेल्पएज ईन्टरनेशलन नेपालको सहयोगमा पोखारको होटल दिप सागरमा सञ्चालित २ दिने लेखा अभिलेखन तथा व्यवस्थापन तालिम २५ जना ज्येष्ठ नागरिक समितिका सदस्यहरु सहभागि भएका छन ।तालिममा जेष्ठ नागरिक समुहको वचत संकलन,ऋण परिचालन, पासवुक सञ्चालन,चारखाता सञ्चालन, लगायतकाविषयहरुमा ज्येष्ठ नागरिकहरुलाई प्रशिक्षित गरिएको थियो ।

ज्येष्ठ नागरिक सिमिति सराङकोटकी ७२ वर्षिय अध्यक्ष गंगा तिमिल्सिनाले सिक्नलाई उमेरले नछेक्ने तथायस तालिमले ज्येष्ठ नागरिक समुहको हिसावकिताव राख्न तथा समुह सञ्चालन गर्न नयाँ उर्जा मिलेको वताउनुभयो । त्यसैगरी ज्येष्ठ नागरिक समिति हेम्जाका अध्यक्ष निलकण्ड पौडेलले ज्येष्ठ नागरिक समुह तथा समुहको आर्थिक व्यवस्थापनमा तालिममा ठुलो सहयोग गर्ने वताउनुभयो ।

कम्युनिटि सर्पोट ग्रुप पोखरा काकार्यकारी निर्देशक दिलिप गुरुङ्गले यस तालिम पश्चात ज्येष्ठ नागरिक समुहहरुले व्यवस्थित रुपमा आफनो हिसावकिताव राख्न सक्षम भई ज्येष्ठ नागरिकहरुको सक्रिय वुढयौलीलाई थप सक्रिय वनाउन सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
कम्युनिटि सपोट ग्रुप पोखराका प्रथम उपाध्यक्ष शिवजी कुवरको अध्यक्षतामा सञ्चालन भएको उक्त तालिमको विनोद त्रिपाठी र सूर्य चपाईले प्रशिक्षण तथा भवदत्त पौडेले सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: