
अनुप पौडेल ।
०८ भाद्र ,पोखरा ।आदर्श युवा क्लब लेखनाथको आयोजनामा आउँदो भाद्र २० देखि २७ सम्म रिद्दि सिद्दि सिमेन्ट २४ औं आदर्श कप-२०७५ हुने भएको छ ।महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा पोखरा-२९ भण्डारढिक सैनिकबस्ती स्थित लेखनाथ रंगशालामा खेल हुने आयोजकले जनाएको छ ।
क्लबले शुक्रवार पोखरामा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।”निरन्तरता हाम्रो प्रतिबद्धता,फुटबल खेलको ढृढता”भन्ने नाराका साथ आयोजित प्रतियोगितामा आयोजक आदर्श युवा क्लब,पोखरा ११,सशस्त्र एपिएफ क्लब काठमाडौ,विग्रेड ब्योइज क्लब,जाउलाखेल युथ क्लब,एन्फा बाग्लुङ,एन्फा तनहुँ र एन्फा स्याङ्जा लगायतका टिमहरु सहभागी हुने छन ।
प्रतियोगितामा प्रथम हुनेले तीन लाख,शिल्ड मेडल सगै प्रमाण-पत्र र द्वितीय हुनेले दुई लाख,शिल्ड मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् । त्यस्तै अनुशासित टिमले शिल्ड र प्रमाण-पत्र पाउने छन् भने उत्कृष्ट खेलाडीले २५ हजार,मेडल र प्रमाण पत्र पाउने छन् ।साथै प्रतियोगितामा उत्कृष्ट गोलकर्ता,प्लेमेकर,डिफेन्स,गोलरक्षक लाई समान १० हजार नगद सहित मेडल र प्रमाण-पत्र प्रदान गरी छ भने प्रतयेक खेलको म्यान अफ द म्याचलाई नगद ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताका लागि करिब ५० लाख खर्च हुने क्लबका सचिब पदम गुरुङले जानकारी दिए ।रिद्दि सिद्दि सिमेन्टले टाईटल स्पोन्सर गरेको प्रतियोगिताको मुख्य प्रायोजकमा अम्बे सिमेन्ट प्रा.लि रहेको छ ।
