
पोखरा। पोखरा १९ लामौचारकी एक बालिका मृत फेला परेकी छन् । विन्ध्यवासीनि मावि बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत बालिका मृत फेला परेकी हुन् ।
१४ बर्षिया पुष्पा केसीले बिहीबार विद्यालयबाट फर्किए देखी नै हराएकी थिइन् । विद्यालयको बसले करिब साढे ४ बजे छाडेपछि उनी घर नपुगे पछि बिहीबार साँझबाटै परिवार र स्थानीयले खोजी गरेका थिए । उनको खोजी गर्ने क्रममा शुक्रबार साँझ मृत अवस्थामा फेला परेकी हुन् ।
पोखरा १९ फापरतरोमा केसीको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । उनको घर पोखरा १९ जिमेरे देखी करिब साढे दुई किलोमिटर पर शव भेटिएको हो । उनको झोला भने पोखरा १९ ढाडमा घर देखी करिब १ किलोमिटर पर भेटिएको थियो । उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
कमेन्ट गर्नुहोस्
